
एटा संवाददाता ।
लण्डन । लण्डनमा तमु धिं लन्डन इकाइद्वारा मास्क र सेनीटाईजर वितरण गरेको छ । कोरोना भाइरसबाट बच्नका लागि गरिएको लकडाउन खुकुलो हुदै गर्दा तमु धिं लण्डन ईकाईले लण्डन क्षेत्रमा बसोबास गर्ने आफ्नो सदस्य लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई ३००० थान माक्स र ५०० थान ह्याण्ड सेनीटाईजर वितरण गरेको हो । बिशेष गरी लण्डन शहरमा काममा जाने यात्रीहरुको चाप बढ्दै गरेको अवस्थामा दैनिक मास्क र सेनिटाईजर अति आवस्यक पर्ने भएकोले आइतबार ६ जुन २०२० मा लण्डन एरियामा वितरण गरिएको हो । लकडाउन पछि अहिलेको परिस्थितिमा झनै मास्क र सेनिटाइजरको आवश्यक भएको महसुस गरी ईकाइले वेस्ट लण्डन क्षेत्रमा सहयोगको हात बढाएको हो ।
कोभिड–१९ ले विश्वभर डर, त्रास र भय फैलाईरहेको अवस्थामा तमु धिं युकेका विभिन्न ईकाईहरुले रोगबाट सुरक्षित रहन जनचेतना फैलाउने, राहत संकलन तथा वितरण गर्ने लगायतका कार्यहरु गर्दै आईरहेको छ । सोही विभिन्न कार्यहरु मध्ये तमु धिं लण्डन ईकाईले मास्क र ह्याण्ड सेनीटाईजर वितरण गरेको हो । उक्त सामाग्र्री वितरणमा ईकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष डिलमाया गुरुङ लगायत पदाधिकारी, सदस्य, आमा समूह, सल्लाहकारहरुले बिशेष भूमिका खेलिरहेको छ ।



