नेपाली वेलफेयर सोसाइटी युकेद्वारा घारोहीमा राहत वितरण

SHARE:

एटा संवाददाता ।
लण्डन । नेपाली वेलफेयर सोसाइटी युकेद्वारा घारोहीमा राहत वितरण गरेको छ । गत शनिबार ६ जुनका दिन दाङको घोराही नगरपालिका वडा नं. १८ का कोरोना भाइरसका कारण भएको लकडाउनबाट प्रभावित ५० विपन्न घरपरिवारलाई राहत सामाग्री वितरण गरेको हो । सोसाइटीका अध्यक्ष धन बहादुर सार्कीका अनुसार, उनीहरुलाई प्रति घर १ बोरा चामल, ५ किलो दाल, २ लिटर खानेतेल र २ पाकेट नुन बितरण गरिएको हो ।

उक्त राहत बितरण कार्यक्रममा राष्ट्रिय सभाका सांसद माननीय कोमल ओलीले प्रमुख अतिथिको आशनबाट जूम प्रविधिमार्फत सम्बोधन गर्दै भनिन्, ‘कोरोनाको बिश्व महामारी बिरुद्ध सरकार, नागरिक समाज एवं राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंगठनको साझा पहल र सहकार्यले मात्र बिजय प्राप्त गर्न सकिने र यस महामारीका कारण श्रमजिवी बर्गमा सिर्जना भएको खाद्य संकट समाधानमा बेलायतबासी नेपालीहरुको सहयोगको प्रसंशा गर्दै सोसाइटीका अध्यक्ष धन बहादुर सार्की लगायत सबै नेपाली मनहरुलाइ आभार व्यक्त गर्दछु’ ।

सो अवसरमा सोसाईटीका अध्यक्ष धन बहादुर सार्कीले कोभिड–१९ को महामरी विरुद्ध नेपाल सरकारले अबलम्बन गरिरहेको नीतिमा ऐक्यबद्द्ता जनाउदै स्थानिय सरकारसंग सहकार्य गरी कोरोनाबाट प्रभावितहरुलाई राहत वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, कार्यक्रममा घोराही–१८ का वडा अध्यक्ष भरतमनी अर्याल, एनआरएनए आईसीसी सदस्य दयानिधि सापकोटा, एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहामगर, लण्डन नेपाल न्युजका प्रमुख सम्पादक शिव भणडारी, सयपत्री नेपाली कल्चरल ग्रुप युकेका अध्यक्ष डम्बरसिंह लामगादे, काउचा समाज युकेका सस्थापक ओमप्रसाद थापा काउचा, बृटिश गोर्खा भेट्रेन्ट एसोसिएसन युकेका सस्थापक ओमप्रकाश गुरुङ, तमु समाज युकेका सस्थापक चित्र गुरुङ, एकीकृत नेपाली समाज लण्डन हिथ्रो युकेका अध्यक्ष पुरुषोत्तम खडका, तमु धिं युकेका पूर्व उपाध्यक्ष हरिगोबिन्द गुरुङ, नेपाली वेलफेयर सोसाइटी युकेका सल्लाहकार, पदाधिकारी, सदस्यहरु, तथा घोराही–१८ का जनप्रतिनिधिहरुले जुम मार्फत सम्बोधन गरेका थिए ।

स्मरण रहोस, सोसाईटीले सातैवटा प्रदेशमा राहत वितरण गर्ने जनाइए अनुसार यसअघि प्रदेश नं. १ को उदयपुर, प्रदेश नं. २ को सप्तरी, बाग्मती प्रदेशको चितवन, गण्डकी प्रदेशको स्याङ्जा, प्रदेश नंं. ५ को बाँके र प्रदेश नं. ७ को धनगढीमा वितरण गरिसकेको छ भने यसपटक पुनः प्रदेश नं. ५ को दाङमा शनिबार वितरण गरिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!