पुर्णविर गुरुङको दम्पतीद्वारा ६० विपन्न परिवारलाई राहत प्रदान

SHARE:


एटा संवाददाता ।
लण्डन । तमु प्ये ल्हु संघ युकेका सल्लाहकार पुर्णविर गुरुङको दम्पती द्वारा ६० विपन्न परिवारलाई राहत प्रदान गरेको छ । शुक्लागण्डकी नगरपालिका वडा नं. १ का एक्दमै विपन्न प्रति घरपरिवारलाई २५ केजी चामाल, एक पोका तेल र एक पोका नुन वितरण गरेको हो । सोही वडा नं. १ थप्रेक घर भई हाल बेलायत वस्दै आएका पुर्णविर गुरुङ तथा नारन गुरुङको दम्पत्तीले समाजसेवी गुरुङको आफ्नै भाइ गणेश गुरुङको विशेष सहयोगमा शुक्लागण्डकी नगरपालिका वडा नं. १ सँग समन्वय गरि राहत वितरण गरेको हो ।

पुर्णविर गुरुङका अनुसार सो वडाले वडा भित्रका एकदमै गरिव र विपन्न परिवार छनौट गरी राहत उपलब्ध गराएको वडा अध्यक्ष रवीचन्द्र पौडेलले बताए छन् । त्यस्तै, आफ्नो वडामा समस्यामा परेका परिवारलाई राहत दिइ सहयोग गरेको भन्दै वडाध्यक्ष पौडेलले गरुङ दम्पतीलाई धन्यवाद समेत दिइएको बताईएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!