कास्की मौजा घर भइ बेलायतमा बसोबास गर्ने नेपालीहरुद्धारा पोखरा २० को राहत कोषमा ३ लाख आर्थिक सहयोग

SHARE:

पोखरा २४ जेष्ठ ।
कोरोना भईरस कोभिड १९ का कारण मुलुक लकडाउनमा रहेको वेला पोखरा २० मा रहेका अति विपन्न दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई लक्षित गरी स्थापना गरिएको राहत कोषमा पोखरा २० साविकको मौजा गाविस घर भइ बेलायतमा बसोबास गर्ने युवाहरुले तीन लाख रुपैया सहयोग गरेका छन । नेपाल घर कास्कीको मौजा मोहोरिया भइ हाल विभिन्न कामको शिलशिलामा बेलायतमा रहेका युवाहरुले पोखरा २० ले स्थापना गरेको राहत कोषमा नगद ३ लाख सहयोग गरेको हो । मौजा विजयपुर समाज युकेका अध्यक्ष तथा एनआरएन युकेका प्रवक्ता राम कुमार गुरुङ र मौजा विजयपुर समाज युकेका कोषाध्यक्ष विरकाजी गुरुङको पहलमा साविक मौजा गाबिस, लम्जुङ, धम्पुस, मादी गाउपालिकाका सहयोगी मन भएका ब्याक्तिहरुबाट संकलित ३ लाख रुपैया आर्थिक सहयोग गरेका हुन ।

युकेमा संकलन भएको रकम मौजा विजयपुर समाज युकेका अध्यक्ष तथा एनआरएन युकेका प्रवक्ता राम कुमार गुरुङका वुवा नन्द बहादुर गुरुङ र मौजा विजयपुर समाज युकेका कोषाध्यक्ष विरकाजी गुरुङका माहिला दाजु खेम बहादुर गुरुङले पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङलाई प्रदान गरेका थिए ।

सो अभियानमा अभियनता पोखरा २० मोहोरिया घर भइ हाल युकेमा रहेका राम कुमार गुरुङले ११६ पाउण्ड, अर्का अभियनता पोखरा २० मोहोरिया घर भइ हाल युके निवासी बिरकारजी गुरुङले १११.०३ पाउण्ड सहयोग गरेका छनभने अन्य सहयोगीमनहरु टिका राम गुरुङ (जीवन) पोखरा १३ बिजयपुर पोखरी गाउ हाल युके १०१ पाउण्ड, तिलक बहादुर÷चन्द्रा गुरुङ पोखरा २० मोहोरिया हाल युके १०१ पाउण्ड, डमर कुमारी गुरुङ पोखरा २० मौजा राम्जे हाल युके १०१ पाउण्ड, लिल बहादुर÷रामकुमारी गुरुङ पोखरा २० मौजा राम्जे हाल युके १०१ पाउण्ड, मणिराज गुरुङ पोखरा २० मौजा हाल युके १०१ पाउण्ड, कुमारी गुरुङ (रुपा आमा) पोखरा २० मौजा हाल युके ५० पाउण्ड, धन बहादुर गुरुङ (काइला) पोखरा २० बिजयपुर युम्दुपाखा हाल युके १०१ पाउण्ड, टेक धन÷भीम कुमारी गुरुङ पोखरा २० मोहोरिया हाल युके ५१ पाउण्ड, टंक प्रसाद गुरुङ पोखरा २० आंटीघर हाल युके ५१ पाउण्ड सहयोग गरेका छन ।

त्यसैगरी टेकमान÷यशोदा गुरुङ पोखरा २० मोहोरिया हाल युके १०१ पाउण्ड, डम्बर÷कृष्ण कुमारी गुरुङ पोखरा २० मोहोरिया हाल युके १०१ पाउण्ड, रेशम बहादुर गुरुङ पोखरा २० लामडांडा हाल युके १०१ पाउण्ड, याम÷चमन गुरुङ पोखरा २० मौजा हाल युके १०१ पाउण्ड, त्रिविण राज गुरुङ पोखरा २० कुरा गाउ हाल युके १०१ पाउण्ड, निरजंग गुरुङ (भाइकारा) पोखरा २० मोहोरिया हाल युके १०१ पाउण्ड, खेम÷शिव÷आशिकी गुरुङ पोखरा २० बिजयपुर युम्दुपाखा हाल युके १३१ पाउण्ड, प्रेमकुमारी÷होम गुरुङ (चेली) कास्की मादि गाउपालिका छाचोक हाल युके ५१ पाउण्ड, विन्दुराज गुरुङ पोखरा २० कुरा गाउ हाल युके ५१ पाउण्ड, राजकुमारी÷प्रकाश गुरुङ (छोरा) पोखरा २२ पुम्दीभुम्दी हाल युके ५१ पाउण्ड, नारायण÷अनिता गुरुङ लम्जुङ (चेली पोखरा २० मोहोरिया) हाल युके ५१ पाउण्ड, ग्लेन ह्याच युके लण्डन २५ पाउण्ड, गोल गुरुङ÷रत्ना गुरुङ पोखरा ११ रानीपौवा हाल युके ५१ पाउण्ड र अमृत मान गुरुङ धम्पुस कास्की हाल युकेबाट २५ पाउण्ड सहयोग गरेका छन ।

सहयोगी दाता हरु प्रति पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले दुखमा परेको वेला विदेशमा रहेर पनि आफ्नो ठाउमा परेको आपतमा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै उहांहरुको सहयोगले कोरोनाका कारण लकडाउन जारी रहदा अति विपन्न मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारहरुका लागी केही राहत पुग्ने काम गरेको वताए । आगामी दिनमा पनि मौजा विजयपुर समाज युकेका अध्यक्ष तथा एनआरएन युकेका प्रवक्ता राम कुमार गुरुङ र मौजा विजयपुर समाज युकेका कोषाध्यक्ष विरकाजी गुरुङसंग सहकार्य गरी पोखरा २० साविकको मौजाको बिकास र सामाजिक काममा निरन्तर लागी पर्ने वडाअध्यक्ष गुरुङको भनाइ रहेको थियो । हाल सम्म वडाले स्थापना गरेको राहत कोषमा स्थानिय र विदेशमा रहेका ब्याक्तिहरुबाट ७ लाख ३ हजार ५ सय ९८ रुपैया संकलन भइसकेको छभने यो महिनाको अन्तिममा तेश्रो चरणको राहत वितरण गर्ने योजना वडाले वनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!