पीपल क्यापिटलमा दुईहप्तामै १.३ मिलियन पाउण्ड लगानीको प्रतिवद्धता

SHARE:


एटा संवाददाता ।
लण्डन । पीपल क्यापिटलले हालै ल्याएको सामूहिक लगानीको प्रस्तावलाई २२५ जनाले १.३ मिलियन पाउण्ड लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पीपल क्यापिटल युकेले सामूहिक लगानीको अवधारणा सहित दुईहप्ता अघि नेपाली समुदायमा प्रस्ताव ल्याएका थिए । सोही अनुरुप पहिलो चरणमा ठूलो संख्यामा नेपालीहरुले लगानी गर्न चाहेको पीपल क्यापिटलका डाईरेक्टर सूर्य प्रकाश गुरुङले जानकारी दिए ।

बेलायतको नियम अनुसार कम्पनी हाउसमा विधिवत दर्ता भएको पीपल क्यापिटलले प्रति कित्ता शेयरको एक पाउण्डको दरले कम्तिमा ५००० कित्ता शेयर र बढीमा २५००० कित्ता शेयर लगानी गर्न सक्ने गुरुङले बताए । उनका अनुसार पहिलो चरणमा दुईहप्ताको समय निर्धारण गरी लगानीका लागि आव्हान गरिएकोमा २२५ जनाले उक्त रकम लगानी गर्न चाहेका हुन् ।

बेलायतमा रहेका नेपालीहरुलाई एकै ठाउँमा ल्याई हाल शेयर बजारमा लगानी गर्ने उद्देश्य राखिएको भएता पनि निकट भविश्यमा बिशेष योजना सहित विभिन्न क्षेत्रमा लगानी गर्ने योजना रहेको निर्देशक गुरुङ बताउँछन् । उनका अनुसार अबको एकहप्तामा प्रतिवद्धता गरिएनुसारको रकम संकलन गरिने र छिट्टै बोर्ड अफ डाईरेक्टर गठन गरी आगामी योजनाहरु तय गरिने समेत बताए ।

निर्देशक गुरुङले, ‘पहिलो चरणमा लगानीका लागि आव्हान गरिएकोमा मंगलबार ९ जुन देखि दुईहप्ताको लागि बन्द गरिएको र लगानी गर्न ईच्छुक महानुभावहरुलाई पुनः दोस्रो चरणमा लगानीका लागि अवसर दिइने बताए । बेलायतको फाईनान्सीयल सेक्टरमा लामो अनुभव भएका निर्देशक गुरुङ पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्टस्का निर्देशक पनि हुन् । दुई कम्पनी आफु एक्लैको स्वामित्वमा रहेको सो पीपल ग्रुपमा हाल २९ जना कार्यरत छन् । नेपालीहरुको बाक्लो बसोबास रहेको रस्मुर बरो काउन्सिलको फार्नबोरो नर्थ क्याम्पमा प्रधान कार्यालय रहेको पीपल ग्रुपले बेलायतका विभिन्न सहरमा ४ वटा शाखा विस्तार गरिसकेको छ भने छिट्टै केन्टको मेडिस्टोनमा अर्को शाखा खोलिने भएको छ ।

सूर्य प्रकाश गुरुङ

त्रिभुवन विश्वविद्यालयबाट विज्ञान तथा प्रविधि बिषयमा मास्टर्स डिग्री गरेका गुरुङले केही बर्ष पोखरा विश्वविद्यालयमा अध्यापन गराउदागराउदै थप अध्ययनका लागि १४ बर्ष अघि बेलायत आएका हुन् । बेलायतमा आई युनिभर्सिटी अफ साल्फोर्डबाट इन्टरनेश्नल वैंकीङ्ग एण्ड फान्सनन्समा पोष्ट ग्रेज्युयड, युनिभर्सिटी अफ स्ट्राल्क्लाडबाट मास्टर्स अफ साईन्स एन विजनेश एण्ड म्यानेजमेन्ट गरेका छन् । त्यस्तै, उनले रेसिडेन्टल लेटीङ्ग एण्ड प्रोपर्टी म्यानेजमेन्ट, मोर्गेज एड्भाई एण्ड प्राक्टीस, फाईनान्सीयल एड्भाईजर, इन्स्योरेन्स, रेसिडेन्टल सेल्स एण्ड प्रोपर्टी, इन्भेष्टमेन्ट एडभाईज, फाईनन्सीयल प्लानिङ्ग एण्ड एडभाईज लगायतको अध्ययन गरेका छन् ।

साथै, पीपल क्यापिटलको बारे कुनै पनि जिज्ञासा भए वा लगानी सम्बन्धमा विस्तृत रुपमा जानकारी लिन वा बुझ्न परेमा सिधै आफुलाई सम्पर्क गर्न समेत डाइरेक्टर गुरुङले अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!