लन्डन । तेहृथुम समाज यूकेले चर्चित कलाकारको साथमा आउँदो मे २ मा वार्षिक भेटघाट कार्यक्रम गर्ने भएको छ ।
नेपालबाट आएका र स्थानीय कलाकारहरुको प्रस्तुतिसहित फार्नबोरोस्थित स्यामुयल कोडी स्कुलमा कार्यक्रम हुने तेह्रथुम समाज यूकेका अध्यक्ष जय मादेम्बाले जानकारी दिनुभयो । कार्यक्रममा रुपी सिञ्जाली मगर, सुनिता थेबे लिम्बु र जेनिहा लिम्बुको प्रस्तुति रहनेछ । स्थानीय कलाकारहरुले नृत्यमा साथ दिने जनाइएको छ ।
कार्यक्रम शनिबार मे २ बिहान ११ देखि साँझ ७ बजेसम्म हुने छ । कार्यक्रमबारे थप जानकारी चाहिएमा जय मादेम्बा, विशाल लिम्बु र वीरनरसिंह हुक्पा चोङबाङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
‘तेहृथुम समाज यूकेको वार्षिक भेटघाट २०२६ मा उपस्थित हुन तपाईंलाई हार्दिक निमन्त्रणा छ,’ अध्यक्ष जय मादेम्बाले फेसबुकमा लेखेका छन्, ‘ हामी एकता, संस्कृति र सामुदायिक भावना जगाउन एकसाथ आउँदा तपाईंको उपस्थितिले यस अवसरलाई ठूलो सम्मान गर्नेछ ।’






