जनजाति आन्दोलनका अगुवा रोकायाको निधन

SHARE:

काठमाडौं २७ साउन । आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उनको सोमबार वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो ।

जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव रहेका रोकाया सुर्खेतको प्रसिद्ध बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष र आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् अध्यक्षसमेत थिए ।

संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट सुर्खेत–२ बाट प्रत्यक्ष उम्मेदवार भएका थिए ।

पाँच वर्षअघि कलेजो प्रत्यारोपण गरी निको भएका उहाँ पछिल्लो समय मुखको खटिरा क्यान्सरबाट ग्रसित थिए । क्यान्सर भएपछि रोकाया उपचार गरेर घरमै आराम गरिरहेका थिए । उनको सोमबार बौद्ध धर्म परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । उनका दुई छोरा र एक छोरी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!