टिकटक किन्‍ने ट्विटरको इच्छा

SHARE:

अमेरिका । अमेरिकी कम्पनी ट्विटरले टिकटक खरिद गर्ने इच्छा व्यक्त गरेको छ । अमेरिकामा टिकटकको कारोबार खरिद गर्ने इच्छा व्यक्त गर्दै ट्विटरले टिकटकको मातृ कम्पनी बाइटडान्ससँग वार्ता अघि बढाएको समाचार सार्वजनिक भएको छ ।

अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुले टिकटकसँगको कारोबार आगामी ४५ दिनभित्रमा बन्द गर्नुपर्ने कार्यकारी आदेश जारी गरेसँगै अमेरिकमा टिकटकको भविष्य अनिश्चित बनेको छ । अब कुनै अमेरिकी कम्पनीले अमेरिकास्थित टिकटकको स्वामित्व खरिद नगरेको खण्डमा अमेरिकामा टिकटक बन्द हुने निश्चित छ ।

त्यहीँ बीचमा टेक जाएन्ट माइक्रोसफ्टले अमेरिकास्थित टिकटकको कारोबार खरिद गर्ने सम्झौता गर्न लागेको खबर आएको थियो । तर माइक्रोसफ्टले टिकटक खरिद गर्ने विषयमा कुनै पनि कुराकानी नभएको ट्विटरले बताएको थियो ।

पछिल्लो पटक ट्विटरले टिकटक खरिदका लागि चिनियाँ कम्पनी बाइटडान्ससँग कुरा अगाडि बताएको भए पनि अमेरिकामा रहेको टिकटकको विशाल कारोबारका कारण ट्विटरले खरिद गर्न सक्ने नसक्ने बारेमा संसय छ । टिकटक खरिदका बारेमा ट्विटरले पनि आधिकारिकरुपमा केही बताएको छैन ।

अमेरिकामा टिकटकको कारोबार ठ्याक्कै कति छ भन्ने विषयमा यकिन नभएता पनि त्यो दशौँ अर्ब डलर भएको बताइन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!