नेकपा र फोरमबीच दुई बुँदे सहमति, अब फोरम सरकारमा [सहमतिपत्र सहित]

SHARE:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति भएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच करिब दुई घण्टा वार्ता भएपछि सहमति भएको हो । सहमति अनुसार फोरम नेपाल अब सरकारमा सामेल हुने भएको छ ।

सहमति अनुसार संघीय समावादी फोरम, नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ ।

सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ । यसैगरी सहमतीको अर्को बुंदामा भनिएको छ, उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम, नेपाल सरकारमा सामेल हुनेछ ।

हेर्नुहोस् सहमति पत्र

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!