क्यान्सर र मिर्गौला समस्यामा जुधिरहेका गुरुङद्वयलाई सहयोगको अपील

SHARE:

काठमाडौं  ३१ साउन । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले क्यान्सर र मिर्गौला समस्यामा जुधिरहेका गुरुङद्वयलाई सहयोगको अपील गरेको छ ।

गुरुङ परिषद्‌मा सहयोगका लागि निवेदन परेको भन्दै अध्यक्ष रेशम गुरुङले सामाजिक सञ्‍जालमार्फत सहयोगका लागि अनुरोध गरेका हुन् । २०७७ साउन ३० गते शुक्रबारदेखि थालिएको सहयोग अभियान भाद्र १२ गते शुक्रबारसम्म संचालन हुने साथै उक्त अभियानबाट संकलन हुने रकम दुबै बिरामीहरुलाई बराबर विनियोजन गरिने अध्यक्ष गुरुङले प्रस्ट्याएका छन् ।

अध्यक्ष गुरुङले दिएको जानकारी अनुसार हाल मनमैजु बसोबास गरिरहेकी लमजुङ भुजुङका वर्ष ३८ को तारादेवी गुरुङ विगत लामो समयदेखि ब्रेस क्यान्सरबाट पीडित छिन् । त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्जमा किमोथेरापी गराइरहेका क्यान्सरपीडित गुरुङ छिट्टै शल्यक्रिया गर्ने योजना रहेकोमा आर्थिक अभाव भएको हो ।

त्यस्तै स्याङ्जा ठापुकभन्याङ स्थायीघर भई हाल काठमाडौं महानगरपालिका ५ सिनामंगल सुकुम्बासी बस्तीमा बसोबास गरिरहेका वर्ष ४९ को भिमबहादुर गुरुङको दुबै मिर्गौलाले काम गर्न छाडेकोले ग्रिनसिटी अस्पताल, बसुन्धरामा डाइलासिस गराइरहेका छन् । उनको मिर्गौला प्रत्यारोपण गर्ने योजना रहेकोमा आर्थिक अभाव भएको अध्यक्ष गुरुङले जानकारी गराएका छन् ।

हार्दिक अनुरोध :

तमू हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यालयमा निवेदन गर्नुभए अनुसार देहायका दुई ब्यक्तिहरुलाई आर्थिक रुपमा सहयोग गर्नु अत्यावश्यक देखिएकोले यहाँहरु सबैलाई यस सामाजिक सञ्जाल मार्फत अपिल गरिएको छ । कोभिट–१९ को कारणले बिरामीहरुलाई स्वास्थ्य उपचारमा झनै समस्या देखिएको बर्तमान अवस्थामा हजुर हामी सबैको थोरै–थोरै भएपनि साथसहयोगले वहाँहरुलाई अत्यन्तै ठुलो राहत हुने हुदा यस किसिमको अपिल गर्न हामी बाध्य भएका छौं । आज मिति २०७७ साउन ३० गते शुक्रवार देखी मिति २०७७ भाद्र १२ गते शुक्रवारसम्म मात्र यस अभियान संचालन हुने साथै उक्त अभियानवाट संकलन हुने रकम दुबै बिरामीहरुलाई बराबर विनियोजन गरिने ब्यहोरा समेत सबैको जानकारीको लागि अनुरोध छ । आर्थिक सहयोग गर्नुहुने दाताहरुको नामथर, ठेगाना र सहयोग रकम यसै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिने ब्यहोरा समेत अनुरोध छ ।

१. लमजुङ भुजुङ स्थायी घर भई हाल मनमैजीमा अस्थायी बसोबास गरिरहनु भएकी बर्ष ३८ को श्रीमती तारादेबी गुरुङ बिगत लामो समयदेखी ब्रेस क्यान्सरवाट पिडित हुनुहुन्छ । त्रि.वी. शिक्षण अस्पताल, महाराजगञ्जमा किमोथेरापी गराई रहनु भएको क्यान्सर पिडित गुरुङलाई हालको उपचारमा नै आर्थिक अभाव रहेको साथै आर्थिक जोहो भएमा छिट्टै शल्यक्रिया गर्ने योजना रहेको जानकारी वहाँको पति श्री चन्द्रबहादुर गुरुङले गराउनु भएको छ । वहाँको स्वास्थ्य सम्बन्धी थप जानकारीको लागि वहाँको पति श्री चन्द्रबहादुर गुरुङलाई ९८४९१८८५३१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

२. स्याङजा ठापुकभन्याङ स्थायीघर भई हाल काठमाण्डौं महानगरपालिका बडा नं. ५ सिनामंगल सुकुम्बासी बस्तीमा बसोबास गरिरहनु भएको बर्ष ४९ को श्री भिमबहादुर गुरुङको दुबै मृगौलाले काम गर्न छाडेकोले ग्रिनसिटी अस्पताल, बसुन्धरामा डाइलासिस गराइरहनु भएको छ । वहाँको मृगौला प्रत्यारोपण गर्ने योजना रहेको छ साथै वहाँको स्वास्थ्य सम्बन्धी थप जानकारीको लागि ९८१००६७३१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

नोट : देश विदेशवाट आर्थिक सहयोग गर्न चाहनु हुने दाताहरुले यस संस्थाको कार्यालय सचिव श्री रसबहादुर गुरुङलाई ंंंं००९७७–९८६०४२१६६१ म सम्पर्क गर्न सक्नुहुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!