
काठमाडौं ३२ साउन । नेपालमा एकैदिन ६ सय ४१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालभर ६ सय ४१ संक्रमित थपिएको हो ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले १२ हजर २४७ पीसीआर परीक्षणमा २१८ महिला र ४२३ पुरुष गरी ६ सय ४१ जना संक्रमित थपिएको जानकारी दिए ।
काठमाडौं उपत्यकामा मात्रै १७२ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।
थप २ जनाको मृत्यु, मृतकको संख्या १०४
पर्सामा एकजना पुरुष र मोरङमा १ जना महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाए । आइतबारसम्म कोरोनाबाट प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ४५ र वाग्मती प्रदेशमा १८ जनाको मृत्यु भएको छ ।
यस्तै गण्डकी प्रदेशमा ६, प्रदेश नम्बर ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ गरी १ सय ४ जनाको मृत्यु भएको छ ।
उनका अनुसार अहिले आइसियुमा १ सय जना उपचाररत रहेका छन । प्रदेश नम्बर २ मा ४१ जना, वाग्मती प्रदेशमा ४७ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश नम्बर ५ मा ११ जना आइसियुमा उपचाररत रहेको उनले बताए । यस्तै वागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।
देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ । प्रदेश नम्बर १ मा ८३ हजार ८ सय ६९, बागमती प्रदेशमा २ हजार ८६ र गण्डकी प्रदेशमा २ सय ८० जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ४० कर्णाली प्रदेशमा २ सय १३ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७० गरी ८ हजार ७ सय २४ जना विभिन्न अस्पतालका आइलोसेलनमा उपचाररत रहेका छन् ।
यस्तै प्रदेश नम्बर १ मा ९३ जना, प्रदेश नम्बर २ मा ९८ जना, बागमती प्रदेशमा १ सय ५ र प्रदेश नम्बर ५ मा १ सय ८१ जना होम आइलोसेलनमा रहेका छन । यस्तै कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिममा १२ जना संक्रमित गरी ४ सय ९७ जना होम आइलोसेनमा रहेका छन ।
१३४ जना डिस्चार्ज
आइतबार १ सय ३४ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा १ हजार १ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ६ सय १२, वाग्मती प्रदेशमा ६ सय ५४ र गण्डकी प्रदेशमा १ हजार ५ सय २८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८८, कर्णाली प्रदेशमा १ हजार ९ सय ३८ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ७ गरी आजसम्म १७ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन् ।
देशभरी क्वारेन्टिनमा १५ हजार २ सय ४३ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार ५ सय ८७, प्रदेश नम्बर २ मा १ हजार ६ सय ३१, बागमती प्रदेशमा १ हजार ७ सय ४० र गण्डकी प्रदेशमा २ हजार ९ सय ९९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ८, कर्णाली प्रदेशमा ७ सय २ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ७६ जना क्वारेन्टिनमा रहेका छन् ।






