लन्डन । ल्हों/कुप्चे भाइखलक यूकेले आगामी २० जुनमा माइती-चेली भेटघाट कार्यक्रम आयोजना गर्नेभएको छ ।
नेपालबाट आएकी चर्चित गायिका शर्मिला गुरुङको प्रस्तुतिसहित कार्यक्रम आयोजना गरिन लागेको हो । कार्यक्रम रेडिङस्थित तमु प्ये ल्हु संघ यूकेको हलमा बिहान ११ देखि साँझ ७ बजेसम्म हुनेछ ।
कार्यक्रममा गायन, नृत्य र राफल ड्रलगायत आकर्षण रहने आयोजकले जनाएको छ ।
आपसी सुख, दु:ख साटासाट र सांस्कृतिक संरक्षणका लागि हुन कार्यक्रममा सहभागी हुन ल्हों/कुप्चे भाइखलक यूकेले बेलायतवासी नेपालीहरुमा आग्रह गरेको छ ।






