बेलायतमा कला, संस्कृति र कलाकारलाई गरेको माया देख्दा छुट्टै आनन्द र गर्व लाग्यो : सरु [अन्तर्वार्ता]

SHARE:

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी चर्चित गायिका शर्मिला गुरुङ ‘सरु’ दुई हप्तायता बेलायतमा छिन् । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) को निमन्त्रणामा गायिका सरु सांगीतिक भ्रमणका लागि वैशाख अन्तिम हप्ता बेलायत आएकी हुन् । सन् १९९० जनवरी १३ मा तनहुँको व्यास–७ मा जन्मिएकी उनी वि.सं. २०७४ देखि लोकदोहोरी गायनमा छिन् । लाइभ दोहोरीमा जमेकी सरुको चर्चित एल्बमहरु पनि छन् । ‘माया गर्ने मुटु’, ‘डाँडैमा पिपलु छाया’, ‘ह्या माया’, ‘रुन्छु घरी घरी’, ‘मायालाई देखेर मनै चञ्चल’, ‘तिजको भाकामा’, ‘हे माया फर्क फरक्कै’ लगायत गीतमा उनले स्वर दिएकी । हालै मात्र बजारमा आएको लोकदोहोरी गीत ‘यो मेरो बैँस’को पनि भ्यूज राम्रो आएको उनी बताउँछन् । बेलायतको सांगीतिक यात्राबारे गायिका सरुसँग गरिएको छोटो कुराकानी ।

बेलायतमा आएपछि कुन-कुन कार्यक्रममा प्रस्तुति दिनुभयो ?
– मैले बेलायत आएपछि क्रोम्छैं-त्होर्जे थिम्जे तमु त्ह-भाइ खलक यूकेको दाजुभाइ तथा ल्हेंगे तमु समाज यूकेको १८ औं वार्षिक ल्हेंगें दाजुभाइ तथा चेलीबेटीहरुको भेटघाट कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेको छु ।

अन्य कार्यक्रमहरुका लागि कत्तिको अफर आइरहेको छ ?
– ४/५ ठाउँमा फिक्स भाएको छ । कार्यक्रम बिस्तारै आउँदै छ ।

आफ्नो प्रस्तुति दिँदा नेपाल र बेलायतका दर्शकको भिन्नता कस्तो अनुभव गर्नुभयो ?
– नेपालभन्दा धेरै फरक । आफ्नो कला, संस्कृतिलाई बेलायतवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुले धेरै माया गर्ने र झनै कलाकारलाई गरेको माया देख्दा छुट्टै आनन्द अनि एकदम गर्व लाग्यो ।

बेलायतमा संगीतप्रेमी माया धेरै पाइरहनुभएकोछ, यहाँ कति महिना बस्नुहुन्छ ?
– आगामी अक्टोबर ७ तारिखसम्म बस्ने योजना छ ।

करिब ६ महिनाको बेलायत बसाइ कस्तो होस् भन्ने चाहनुभएको छ ?
– धेरै लामो सांगीतिक सङ्घर्षपछि पहिलो वैदेशिक यात्रा हो मेरो । परदेश के हो भन्ने बुझ्ने मन थियो त्यो बुझ्दै छु । भर्खर-भर्खर आको छु, धेरै भाको छैन । बिस्तारै बुझिन्छ होला ।

बेलायतवासीसहित सबै दर्शक/स्रोतालाई के सन्देश दिनुहुन्छ ?
– बेलायतमा रहनुहुने बुवाआमा, दाजुभाइ, दिदीबहिनी सम्पूर्णलाई मेरो सन्देश – जसरी आजको दिनसम्म परदेशको ठाउँमा रहेर पनि आफ्नो कला, संस्कृतिलाई बचाइराख्नु भाएको छ । त्यसैगरी भोलि (भविष्य) मा नि यसरी नै बचाइराख्नु होला र कलाकारलाई गर्ने माया र स्नेह नघटाउनु होला । ‘देशको गहना हो कलाकार’ भनेर सम्मान गर्नुहुन्छ त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु मेरो व्यक्तिगत तर्फबाट र सिङ्गो कलाकारको तर्फबाट ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!