लन्डन ३ भदौ । सोंपाल समाज यूकेकी सल्लाहकार माया गुरुङ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् ।
अन्तर्रास्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय कार्यसमितिको १६ अगस्ट २०२० मा भएको बैठकबाट मायालाई केन्द्रीय सदस्यमा
सर्वसम्मान रूपमा मनोनयन गरिएको हो ।
यसैबीच सोंपाल समाज यूकेले आफ्नो संस्थाकी सल्लाहकार माया गुरुङ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सदस्य बनेकोमा बधाई ज्ञापन गरेको छ ।
समाजका अध्यक्ष युक्त गुरुङ र महासचिव भरत गुरुङले बुधबार एक सन्देश जारी गर्दै केन्द्रीय सदस्य गुरुङको सफल कार्यकालका लागि हार्दिक बधाई दिन दिएका हुन् ।






