तामाङ सोसाइटी अफ अमेरिकाका पूर्वमहासचिव अमर तामाङको निधन

SHARE:

न्युयोर्क ४ भदौ । समाजसेवी एवं जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका उपसभापति अमर तामाङको निधन भएको छ । कलेजोको क्यान्सरले थलिएका तामाङको उपाचारको क्रममा बुधाबार बिहान निधन भएको उनको उपाचारमा आफन्तको रुपमा हेरचाह गरिरहेका लुइसाइ वाइबाले जानकारी दिए । उनका अनुसार अमर गत फेब्रुअरीदेखि क्यान्सरको उपचारमा थिए ।

लामो समयदेखिन न्युयोर्कमा समाजसेवा गर्दै आएका उनी नेपालमा कास्की जिल्ला माछामुच्छ्रे गाउँपालिका १ मा जन्मेका हुन । स्व तामाङ कास्केली समाजको महासचिव र तामाङ सोसाइटी अफ अमेरिकाका पूर्वमहासचिव हुन् ।

उनको पार्थिव शरीर चाँडै नेपाल पठाउन पहल गरिरहेको वाइबाले बताए । ‘स्व अमरको आफ्नै इच्छा र आफन्तहरुको अनुरोधअनुसार उनको पार्थिव शरीर नेपाल पठाउन विमान कम्पनीहरुसँग सम्पर्क गरिरहेका छौं ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!