फुकुओका तीज फेस्टिबल कन्टेस्टमा सुजाता प्रथम, इशया द्वितीय

SHARE:

जापान ८ भदौ । फुकुओका नेपाल सोसाइटीले हिन्दु नारीहरुको महान् चाड तीजको अवसरमा आयोजना गरेको ‘तीज फेस्टिबल कन्टेस्ट २०२०’ को विजेता घोषणा गरिएको छ । आइतबार घोषणा गरिएको परिणाम अनुसार फुकुओकाकी सुजाता थापा प्रथम, नेपालकी इशया खड्का द्वितीय र फुकुओकाकै युनिषा आचार्यले सान्त्वना स्थान हासिल गरेकी छन् ।

लाइक कमेन्टअनुसार प्रथम भएकी थापाले २५ हजार ५५० जापनिज एन र प्रमाणपत्र, सहित द्वितीय भएकी खड्काले १५ हजार ५५० एन प्रमाणपत्र र सान्त्वनाबनेकी आचार्यले आकर्षक गिफ्ट र प्रमाणपत्र प्राप्त गरेका छन् ।

आयोजक फुकुओका नेपाल सोसाइटीका अध्यक्ष शर्माले प्रतियोगितमा ११२ जनाले सहभागिता जनाएको जानकारी गराए । त्यस्तै सचिव सन्जीव रेग्मीले संस्थाले निष्पक्ष ढंगले पूर्व जारी नियमअनुसार र लाइक, सेयर र कमेन्टको आधारमा विजेताको स्थान तय गरिएको स्पष्ट पारे ।

सोसाइटीले अगस्ट ११ देखि २१ सम्म फोटो प्रदर्शन गरी अगस्ट २१ राति १२ बजेसम्मको फोटोको लाइक र फुकुओका नेपाल सोसाइटीको फेसबुक पेजलाई सेयर, लाइक र कमेन्ट गर्नुपर्ने जस्ता नियम तोकेको थियो ।

फुकुओका नेपाल सोसाइटीले प्रत्येक वर्ष मनाउँदै आइरहेको हरतालिका तीजको कार्यक्रम यस वर्ष भने कोभिड १९ को कारणले फोटो प्रतियोगिता गरेको हो । सोसाइटीका अध्यक्ष शर्मा र सचिव रेग्मीले प्रतियोगितामा सहभागी भएका सबैप्रति संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!