बेलायतमा आज ‘फस्ट तामाङ फेस्टिभल लन्डन-२०२६’ हुँदै, चर्चित कलाकारले धमाका मच्चाउने

SHARE:

लन्डन । तामाङ समाज यूकेले आज (१ अगस्ट)मा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’आयोजना गर्दैछ ।

फेस्टिभल वुडल्यान्ड राइज, ग्रीनफोर्डमा स्थानीय समयअनुसार बिहान ११ बजेदेखि सुरु हुने समाजका महासचिव रोज दोङ लामाले जानकारी दिएका छन् । मेलामा नेपालबाट आएका चर्चित कलाकार र बेलायतमै रहेका प्रतिभाहरुको प्रस्तुति रहने छन् ।

मेलाका लागि मंगोलियन हर्टका प्रमुख गायक राजु लामा, गायक विश्व दोङ, गायिकाद्वय मनमाया वाइबा, जितु लोप्चन बेलायत भएका छन् । यस्तै बेलायतमा रहेका कुमार योञ्जनको विशेष प्रस्तुति रहने छ ।

फेस्टिभलमा तामाङ समुदायको ऐतिहासिक धरोधर मानिने लामा, बोन्बो, ताम्बाको भूमिका के हुन्छ भन्ने देखाइने छ भने तामाङ सेलो, म्हेन्दोमाया गीतमा नाचगान हुने आयोजकले जनाएको छ । पहिलो पटक हुन लागेको महोत्सवमा सहभागी हुन आयोजकले बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् ।

कार्यक्रम सफल पार्न आयोजकले विभिन्न व्यक्तिहरुबाट स्वेच्छिक चन्दासमेत संकलन गरिरहेको छ । प्रवेश शुल्क वयस्कलाई २५ पाउन्ड, विद्यार्थीलाई २० पाउन्ड र बालबालिकालाई १५ पाउन्ड लाग्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!