ट्रमविरुद्ध मुद्दा हाल्ने विच्याटका प्रयोगकर्ताको तयारी

SHARE:

लस एन्जलस । चिनियाँ मेसेजिङ एप्लिकेसन विच्याटका केही अमेरिकी प्रयोगकर्ताहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् ।

विच्याटका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा विच्याटमाथि प्रतिबन्ध लगाउने सम्बन्धी एउटा कार्यकारी आदेशमा केही दिनअघि हस्ताक्षर गरेपछि विवाद उत्पन्न भएको हो । सान फ्रान्सिस्कोमा शुक्रबार अमेरिका विच्याट प्रयोगकर्ता एलायन्स र अन्य व्यक्तिहरु तर्फबाट सामूहिक निवेदन दिइएको छ । उनीहरुले विच्याट मार्फत चीनमा रहेका आफ्ना नातेदार, रोजगारी र अन्य कामका लागि प्रभावशाली सम्पर्क माध्यम रहेको बताएका छन् ।

निवेदकहरुले आफूहरु विच्याट वा यसको संचालक कम्पनी टेन्सेन्ट होल्डिङ्ससँग कुनै आबद्धता नरहेको पनि दाबी गरेका छन् ।

निवेदनमा उनीहरुले संघीय अदालतसमक्ष राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश रोक्न अनुरोध गरेका छन् । उनीहरुले ट्रम्पको आदेशबाट अमेरिकी प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रता र अन्य संविधान प्रदत्त अधिकारहरु उल्लंघन भएको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!