पूर्वमन्त्री शिवलाल थापा पुरस्कृत हुँदै

SHARE:

तनहुँ भदौ ३० । आदिकवि रेखबहादुर सारु मगर स्मृति तथा साहित्य पुरस्कार पूर्वमन्त्री शिवलाल थापा मगरलाई प्रदान गरिने भएको छ ।

आदिकवि रेखबहादुर सारु मगर स्मृति तथा साहित्य प्रतिष्ठान र नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेश समितिले मगर भाषाका आदिकवि रेखबहादुर सारु मगरको ७७ औं जन्मजयन्तीको अवसरमा उक्त पुरस्कार घोषणा गरेको हो । तनहुँको दमौली निवासी पूर्वमन्त्री थापालाई प्रदान गरिने उक्त पुरस्कारको राशी ७ हजार रुपैयाँ रहेको साहित्य प्रतिष्ठानका अध्यक्ष खड्ग पामी आलेमगरले जानकारी दिए । पूर्वमन्त्री थापाले मगर भाषामा ७ वटा पुस्तक प्रकाशित गरेका छन् ।

प्रतिष्ठानले यसवर्षदेखि आदिकवि रेखबहादुर सारु मगर स्मृति तथा नव प्रतिभा पुरस्कार समेत प्रदान गर्ने भएको छ । पुरस्कार रोल्पाका बेलबहादुर बुढा मगरलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशी रु पाँच हजार रहेको छ । मगरले खाम भाषामा दुई वटा पुस्तक प्रकाशित गरेका छन् ।

दुवै पुरस्कार भर्चुअल माध्यमबाट आयोजित कार्यक्रमका अवसरमा घोषणा गरिएको हो । कोभिड–१९ को सङ्क्रमण कम भएपछि एक कार्यक्रमका बीच उक्त पुरस्कार हस्तान्तरण गरिने प्रतिष्ठानले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!