हुम तमु
पोखरा २ असोज । मिर्गौला पीडित कास्की जिल्ला, मादी गाउँपालिका वडा नं. १ सिक्लेस लामाथरका युवा समाजसेवी बुद्धिबहादुर गुरुङको उपचारार्थ तमु समाज बेल्जियमले सहयोग गरेको छ।
आर्थिक अवस्था कमजोर रहेका गुरुङको उपचारका लागि गठित सहयोग समितिले तमु समाज बेल्जियमलाई सहयोगको आग्रह पश्चात १ लाख १० हजार १६० रुपैयाँ सहयोग गरेको हो ।
पीडितको उपचार सहयोगार्थ बेल्जियममा संकलित उक्त रकम तमु समाज बेल्जियमकी अध्यक्ष नन्दकुमारी गुरुङले नेपाल पठाएकी हुन् । उक्त रकम तमु धिं नेपालका द्धितिय उपाध्यक्ष तथा पत्रकार हुमबहादुर गुरुङले मिर्गौला पीडित बुद्धिबहादुर गुरुङ उपचार सहयोग समितिका प्रतिनीधि सिक्लेस युवा क्लवका उपाध्यक्ष देविजंग गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
रकम ग्रहण पश्चात उपाध्यक्ष देविजंग गुरुङले सहयोगका लागि तमु समाज बेल्जियमलाई धन्यवाद दिँदै सिक्लेसको तमुको पिडामा बेल्जियममा रहेका तमुहरुको साझा संस्था तमु समाज बेल्जियमको सहयोग अतुलनीय रहेको बताए । तमु समाज बेल्जियमको सहयोग मात्र नभएर मिर्गौला पीडितका लागि शीघ्र स्वास्थ्य लाभको आशीर्वाद समेत रहेको बताए ।
रकम संकलन गरी पीडितको उपचारार्थ पठाउनु हुने तमु समाज बेल्जियमकी अध्यक्ष नन्दकुमारी गुरुङसहित कार्यसमिति, सहयोगदाताहरु र नेपालमा रकम उपलब्ध गराउन हुने तमु धिं नेपालका उपाध्यक्ष तथा पत्रकार हुमबहादुर गुरुङलाई आभार व्यक्त गरे । शशशशश
तमु समाज बेल्जियमकी अध्यक्ष नन्दकुमारी गुरुङले मिर्गौला पीडित बुद्धिबहादुर गुरुङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफुहरु कर्मभूमि बेल्जियममा रहे पनि जन्मभुमि नेपालका हरेक समस्यामा सक्दो सहयोग गर्दै आएको बताइन् ।
तमुहरुकै निम्ती संगठित भएको संस्था भएकाले कोभिड १९ ले विश्व नै कठिन अवस्था रहे पनि तमु समाज बेल्जियमले पीडितको स्वास्थ्य लाभका लागि थोरै भने पनि रकम सहयोग गरेको बताए ।






