चारभञ्ज्याङ तमु समाज पोखराको साधारणसभा तथा अधिवेशन असोज १३ गते

SHARE:

पोखरा ५ असोज । चारभञ्ज्याङ तमु समाज पोखराको असोज १३ गते १७ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन हुने भएको छ ।

पोखरा महानगरपालिका वडा नं.९ नयाँबजार सिद्धमार्गमा समाज भवन रहेको चारभञ्ज्याङले कोभिड १९ कोरोना संक्रमण पूर्ण सुरक्षा व्यवस्थासहित साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो । तमु धिं नेपालमा आवद्ध क्षेत्रीय समाजको हैसियतले तमु धिंको असोज १६ गते वार्षिक साधारणसभा तथा महाधिवेशन भएकाले मातृसंस्थाको साधारणसभा पुर्व साधारणसभा तथा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष प्रदिपकुमार तमुले जानकारी दिए । यसभन्दा अघि भाद्र २७ गते साधारण सभा तथा अधिवेशनको लागि मिति तय भए पनि उक्त दिन समाजका विशेष सहयोगी, पुर्व सल्लाहकार, तमु धिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम तमुका बाबा छेसराज तमुको पितृकार्य भएकाले कार्यक्रम स्थगित गरिएको सचिव माओत्सेतुङ तमुले बताए ।

साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन सहित आगामी कार्ययोजना तय गर्ने सचिव तमुले बताउनुभयो भने अविधेशनले समाज र आमा समितिको सर्वसम्मत कार्यसमिति गठन गर्ने दावी उनको थियो ।

आगामी कार्यसमिति गठन गर्न यस अघि नै समाजका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार पुरनधोज तमुको संयोजकत्वमा सल्लाहकार निवर्तमान अध्यक्ष सुमे नारायणसिंह तमु, सल्लाहकार तथा आइसिसि अध्यक्ष क्या.चन्द्रप्रसाद तमु, सल्लाहकार तथा आइसिसि महासचिव हुमबहादुर तमु, आइसिसी सचिव कृष्णकुमार तमु रहेको निर्वाचन समिति गठन गरी क्रियाशिल रहेको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!