
काठमाडौं ५ असोज । नेपालमा २४ घन्टाको अवधिमा ११ सय ५४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न जिल्लामा गरी थप संक्रमित देखिएसँग कुल संख्या ६५ हजार २ सय ७६ पुगेको जनाएको छ ।
थप १६ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो मृतकसँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ४ सय २७ पुगेको बताए ।
सोही अवधिमा १ हजार ५ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको प्रवक्ता गौतमले बताए ।
२४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ७४
२४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ७४, नुवाकोटमा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना संक्रमित थपिएका छन् ।
आइसोलेसनमा १७ हजार ६ सय ११ र क्वारेन्टाइनमा ७ हजार ४ सय ३ जना रहेको प्रवक्ता गौतमले बताए ।
२४ घन्टामा जम्मा ९ हजार ५३३ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख २३ हजार ८२३ परीक्षणहरु गरिएका छन् ।






