
काठमाडौं असोज ६ । पछिल्लो २४ घण्टामा सोमबार थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ६६ हजार ६३२ संक्रमितको संख्या पुगेको जनाए ।
त्यसैगरी कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८२३ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।
उपत्यकामा थप ६ सय ४७ कोरोना संक्रमित
काठमाडौँ उपत्यकामा थप ६ सय ४७ जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना संक्रमित देखिएका हुन् । २४ घन्टामा ११ हजार १ सय ५४ पीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ४९ हजार ७७ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ७१ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ जना रहेको छ ।
थप २ को मृत्यु
कोरोना संक्रमणबाट २४ घन्टामा थप २ को मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा १ जना महिला र १ जना पुरुष रहेको बताए । उनका अनुसार मृतकमा काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोकका ५० वर्षीया महिला रहेका छन् । मृत्यु हुने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४२९ पुगेको छ ।






