नेपालमा कोरोना : २४ घन्टामा ११७२ संक्रमित, १८९३ डिस्चार्ज, थप ७ को मृत्यु

SHARE:

काठमाडौं असोज ७ । नेपालमा २४ घन्टामा ११७२ कोरोना भाइरस संक्रमित, १८९३ डिस्चार्ज, थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले ११७२ नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको प्रवक्ता गौतमले बताए । उनले कोरोना निको भएर १८९३ जना घर फर्कीएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ४९ हजार ९ सय ९४ जना पुगेको छ ।

थप ७ को मृत्यु भएको छ । मृतकमा ६ पुरुष र १ जना महिला छन् । प्रवक्ता गौतमका अनुसार मृतकमा काठमाडौँका ६८ वर्षीया महिला, झापाका ८६ वर्षीय, सिरहाका ५० वर्षीय, काठमाडौँका १६ वर्षीय, ललितपुरका ६४ वर्षीय र बर्दियाका ३९ वर्षीय पुरुष रहेका छन् । मृत्यु हुने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४३६ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १७ हजार ८ सय २२ जना छन् भने ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

काठमाडौँ उपत्यकामा थप नयाँ ६ सय ३७ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ४ सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित देखिएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!