फोनिज यूकेको तेस्रो अधिवेशन २४ अक्टुबरमा

SHARE:

 

जमुना पुन

बेलायत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज यूके) को तेस्रो अधिवेशन २४ अक्टुबरमा हुने भएको छ ।

शनिबार ८ अगस्ट २०२० को दिन बैठक मगर भवन, फार्नबोरोमा बसेको बैठकले २४ अक्टुबरका दिन अधिवेशन गर्ने निर्णय गर्नुको साथै तेस्रो अधिवेशनको लागि निर्वाचन मण्डल पनि गठन गरेको छ। निर्वाचन मण्डलको प्रमुख संयोजक संस्थाका प्रमुख सल्लाहकार मे. रि. सोनाम शेर्पालाई चयन गरेको छ भने सदस्यहरु सल्लाहकारहरु बिमला सेने र नरेश खपांगीलाई चयन गरेको छ । बैठकले फोनिज यूकेको तेस्रो अधिवेशन नयाँ प्रपसधि जुम तथा भर्चुअलमाध्यमबाट गर्ने निर्णय भएको छ ।

बैठकले सदस्यता नवीकरण र नयाँ सदस्यका लागि सदस्यता वितरण गर्ने निर्णय गरेको छ भने सदस्यता नवीकरण र नयाँ सदस्यको लागि सदस्यता लिनको लागि अन्तिम मिति शनिबार १० अक्टोबर २०२० तोकेको छ। सदस्यता नवीकरण र नयाँ सदस्यका लागि सदस्यता शुल्क £२० लिने निर्णय गरेको छ ।

बैठकमा संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले फोनिज यूकेले नेपालमा रहेका आदिवासी जनजाती पत्रकारहरुका लागि स्थापना गरिएको रु ५ लाखको अक्षयकोषको बारेमा विशेष विवरण प्रस्तुत गरेकी थिइन् । बैठकमा कोषाध्यक्ष गोमा रानाले संस्थाका आर्थिक प्रतिवेदन पेस गरेका थिए भने उपस्थित सदस्यहरुले फोनिज यूकेको विभिन्न विषयहरुमा व्यापक छलफल गरेको छ ।

प्रमिला लाबुङ राईले अध्यक्षता गरेका बैठकमा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष नगेन्द्रराज नेम्वाङले दिएका थिए । संस्थाका महासचिव जमुना पुनले कार्यक्रम संचालन गरेको बैठकमा सल्लाहकारहरु मे. रि. सोनाम शेर्पा, दुत पुन, बिमला सेने कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष प्रमिला लाबुंग राई, उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ, महासचिव जमुना पुन, कोषाध्यक्ष गोमा राना, सचिव भिमल राई, सदस्यहरु होम किरात सुनुवार र मुकेश राईको उपस्थिति थियो ।

 

 

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!