
स्याङ्जा ८ असोज । जिल्लाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा पुरिएका १४ वर्षीय विक्रम नेपाली र १६ वर्षीया विनिता नेपाली, २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए ।
उनले बेपत्ता खोजी जारी रहेको बताए । पहिरोमा परी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखर रिफर गरिएको छ । यसैगरी कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।






