नेपालमा कोरोना : २४ घन्टामा थप १३ सय १३ जनामा संक्रमण, निको हुनेको संख्या ५० हजार नाघ्यो

SHARE:

काठमाडौं असोज ९ । नेपालमा पछिल्लो २४ घन्टामा शुक्रबार थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ७० हजार ६१४ संक्रमितको संख्या पुगेको जनाए ।

यस्तै निको हुनेको संख्या ५० हजार नाघेको छ । त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १४५५ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ६८ हजार १८५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार २६२ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ४६४ जना रहेका छन् ।त्यसैगरी सकृय संक्रमितको संख्या १८ हजार २८९ जना रहेको छ ।

थप ६ को मृत्यु भएको छ । प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ जना महिला र ३ जना पुरुष रहेको बताए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४५९ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!