पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् ।

प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको अध्ययन अवलोकन भ्रमणमा निस्केको सहकारी टोली चढेको बस सडकबाट करीब १५० मिटर तल खसेको प्रउ पन्तले जानकारी दिए । बसमा २७ जना सवार थिए । घाइतेमध्ये १० जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।
बिहीबार रातिदेखि अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा
तानसेन-४ का विष्णुमान बज्राचार्य,
तानपा–३ का देवेन्द्रलाल प्रधान
कृष्णमान बज्राचार्य
छत्रमान शाक्य
तानपा-६ का सुशीलप्रसाद श्रेष्ठ
सचिन बज्राचार्य
तानपा-४ कृष्णबहादुर बोहोरा
दुर्गाबहादुर सारु
तानपा–२ लोकनाथ ढकाल
तानपा–३ कमला कार्की
वसन्ती खाँण
तानपा-६ गीता बुढाथोकी


