नेपालमा २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण

SHARE:

काठमाडौं असोज २९ । पछिल्लो २४ घण्टामा नेपालभर थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ५३३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ५६४ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयद्वारा बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार ५१८ पुगेको छ । २४ घण्टामा १६ हजार ५९८ पीसिआर परीक्षण गरिएको छ ।

यसैगरी काठमाडौँमा एक हजार ६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी काठमाडौँ उपत्यकामा बिहीबार एक हजार ९३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । २४ घण्टामा थप १९ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरिएको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!