तमु धिं नेपालको नवनिर्वाचित पदाधिकारीको पदस्थापन, अध्यक्ष तमु भन्छन्,- तमु एकता अनिवार्य

SHARE:

पोखरा कार्तिक ७ । तमु जातिको पुरानो, गर्बिलो सामाजिक संस्था तमु धिं नेपालको बिहीबार ३६ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशन सम्पन्न भएको छ ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा महाधिवेशनबाट निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण, प्रमाणपत्र वितरणका साथै पदस्थापन गरिएको छ । महाधिवेशनबाट आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित चारभञ्ज्याङ तमु समाज पोखराका हुमबहादुर तमु, वरिष्ठ उपाध्यक्ष ताङतिङ दुधपोखरी तमु समाजका सु.मे.श्रीप्रसाद तमु, प्रथम उपाध्यक्ष सिद्धार्थ/रुपा तमु समाजकी गीमाया तमु, द्धितिय उपाध्यक्ष याङजाकोट तमु समाजका नारायण तमु, महासचिव मिलीजुली विजयपुर तमु समाजकी जुनाकुमारी तमु, सचिव फिर्के तमु समाजका जुमकाजी तमु, सहसचिव चिउली पाचे तमु समाजका मेनकाजी तमु, कोषाध्यक्ष नादा तमु समाजका गमबहादुर तमु र सहकोषाध्यक्ष तमु सहयोग समिति पार्दीका सु.तुलबहादुर तमुलाई निर्वाचन समितिका प्रमुख अधिकृत वरिष्ठ अधिवक्ता कृष्णबहादुर तमुले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । यसरी नै निर्वाचित समितिका जेष्ठ सदस्य कर्णेल रामकाजी तमुले प्रमाणपत्र वितरण, समितिका सदस्यहरु अम्बरबहादुर तमु, डा.दीर्घमान तमु र अधिवक्ता अनिता तमुले खादा, फेटाले सम्मान गरेका थिए ।

यसरी नै तमु धिं नेपालका निवर्तमान अध्यक्ष कर्म तमुले नवनिर्वाचित अध्यक्ष हुमबहादुर तमुलाई तमु धिं नेपालको विधान र कलम हस्तान्तरण, निवर्तमान महासचिव गिरीप्रसाद तमुले नवनिर्वाचित महासचिव अधिवक्ता जुनाकुमारी तमुलाई माइन्युट र निवर्तमान कोषाध्यक्ष सु.मे.श्रीप्रसाद तमुले नवनिर्वाचित कोषाध्यक्ष गमबहादुर तमुलाई हिसाब पुस्तिका हस्तान्तरण गर्दै पदस्थापन गरिएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हुमबहादुर तमुले प्रतिवद्धता व्यक्त गर्दै तमुहरुको एकता अनिवार्य भएको उद्घोष गरे । तमुहरु एकता, मौलिकता, सामुहिकता, दुख सुखकै लागि संस्थाहरु स्थापना गरेकाले विश्वभर रहेका तमुहरु एकतावद्ध हुने र तमु धिं नेपाल पुरानो सामाजिक संस्था भएकाले एकताका लागि अघि बढ्ने बताए । एकतामा शक्ती, अधिकार र तमुहरुको स्वाभिमानसँग जोडिएकाले एकता अनिवार्यता उनको जोड थियो ।
प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष तमुले आर्थिक, भौतिक निर्माण, बौद्धिक विकास, राज्यमा पहुच, सचेतना अभियान, शिक्षामा विशेष ध्यान दिने, अग्रजको सल्लाह सुझावलाई आत्मसाथ गर्दै सबैसँग हातेमालो गरी टिम स्पीरिटका साथ क्रियाशिल रहने बताए । युवा, विद्यार्थी, महिला, आमा, बालबालिका, भुपू सैनिक, कला सँस्कृति, उद्यमशीलता क्षमता अभिवृद्धि लगायत शसक्तिकरणमा जोड दिने उनको प्रतिवद्धता थियो ।

निवर्तमान अध्यक्ष कर्म तमुले तमु धिं नेपालको ऐतिहासिकता चर्चा गर्दै हुमबहादुर तमु जस्तो क्षमतावान युवालाई नेतृत्व हस्तान्तरण गर्न पाउदा खुशी लागेको भन्दै तमु धिं र तमु समुदाय हितका लागि सधै जुटिरहने, नवनिर्वाचित कार्यसमितिलाई सबैको साथको लागि आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाज सेवी मेजर डिलबहादुर तमुले शुभकामना व्यक्त गर्दै अब तमुहरुले नेपालमै केही गर्ने सोचका साथ क्रियाशिल रहनुपर्दछ । सधै विदेशको सपना बोकियो भने हामी देशभित्रै विभेद भयो भन्नु बाहेक केही हुँदैन त्यसैले क्षमतावान र मुलुकमै केही गरौ भन्ने सोंच तमुमा हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा तमु धिं नेपालका आदरणीय अतिथि, बगालेटोल तमु समाजका अध्यक्ष दिलबहादुर तमु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकी अध्यक्ष एमबी आस्थाले शुभकामना व्यक्त गरेका थिए । साधारणसभामा तमु धिं नेपालको वार्षिक प्रतिवेदन महासचिव गिरीप्रसाद तमु, आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुमे श्रीप्रसाद तमु, विधान संशोधन प्रस्ताव सचिव अधिवक्ता जुनाकुमारी तमुले प्रस्तुत गर्नुभएको थियो भने सभाले पारित गरेको थियो ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएकोका कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष सरस्वती तमु र संचालन गिरीप्रसाद तमुले गरेका थिए ।
महाधिवेशनबाट निर्विरोध निर्वाचित पदाधिकारीलाई तमु कलाकार संघ गण्डकी लगायत विभिन्न समाजका तर्फबाट सम्मान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!