तमु प्ये ल्हु संघ यूकेद्वारा १३ वटा क्होइबोलाई २६ लाख ९१००० हजार सहयोग हस्तान्तरण

SHARE:

पोखरा । तमु प्ये ल्हु संघ यूकेले १३ वटा क्होइबोलाई २६ लाख ९१००० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

तमु समुदायको आदिम सभ्यताको धरोहर क्होला सोंप्रे ट्होको अध्ययन-अवलोकन भ्रमणपछि तमु प्ये ल्हु संघ परिवार पोखराले शुक्रबार आयोजना गरेको स्वागत तथा बधाई-सम्मान कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या. डेमबहादुर योज तमुलगायतले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

‘एक गुरुङ गाउँ, एक क्होइबो’ भन्ने केन्द्रको अवधारणालाई आत्मसात गर्दै तमु प्ये ल्हु संघ यूकेले १३ वटा क्होइबोलाई प्रति क्होइबो २,०७,००० रुपैयाँका दरले २६ लाख ९१००० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको तमु प्ये ल्हु संघ केन्द्रले जनाएको छ । सहयोग रकममध्ये चितवन, गोरखा, तनहुँ, कास्की, स्याङ्जा, पूर्वको झापा र पश्चिमको रोल्पा गरी जम्मा १० वटा क्होइबोलाई शुक्रबार सोहि कार्यक्रममा हस्तान्तरण गरेको छ भने बाँकी ३ वटा क्होइबोलाई यसअगावै हस्तान्तरण गरिसकेको तमु प्ये ल्हु संघ यूकेका सचिव भेगलाल च्हाग्ली तमुले बताए ।

तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या. डेमबहादुर योज तमुको नेतृत्वमा वैशाख ६ देखि ११ गतेसम्म क्होलाको सफलतापूर्वक भ्रमण सम्पन्न गरेको छ । १२ जना पुरुष र ७ जना महिला सम्मिलित भ्रमण टोली बैशाख ११ गते शुक्रबार पोखरा फर्किएको छ ।

तमु समुदायको अन्तिम राज्य, आदिम सभ्यता, पुर्ख्यौली (पैत्रिक) थलो क्होला सोंप्रे ट्हो अर्थात् क्होलासोंथरको अध्ययन अवलोकन भ्रमणमा जानुको उद्देश्य, औचित्य र आवश्यकताबारे स्थलगत अध्ययन रिपोर्ट मानवशास्त्री डा. पोलबहादुर क्रोम्छें तमुले ओभरहेड प्रोजेक्टरमार्फत प्रस्तुत गरेका थिए ।

यस अगाडि तमु प्ये ल्हु संघ हङकङ परिवारले पनि क्व्होला अध्ययन अवलोकन भ्रमण गरेको थियो । यो महत्वपूर्ण पहलले तमु समुदायको मौलिक पहिचान, संस्कार र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ । क्व्होलाको अध्ययन अवलोकन रिपोर्टले राज्यसँग वास्तविक अनुसन्धान उत्खननको मागसहित विश्व सम्पदा सूचीमा सूचिकृत गराउन ठूलो टेवा पुग्ने भ्रमण टोली संयोजक यूकेका अध्यक्ष क्या. डेमबहादुर योज तमुको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!