नेपालमा कोरोना : ८४७ जनाको मृत्यु, १ लाख ५८ हजार ८९ संक्रमित

SHARE:

काठमाडौं कात्तिक ९ । नेपालमा कोरोना भाइरस संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ५ जनाको मृत्यु भएसँगै मृतकको संख्या आइतबारसम्म ८ सय ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४५ हजार ५ सय ७२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ९३ हजार १ सय ७३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १२ हजार ३ सय ११ पीसीआर परीक्षण भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!