काबुलको आत्मघाती बम हमला, कम्तीमा ३० जनाको मृत्यु

SHARE:

काठमाडौं १० कात्तिक । अफगानिस्तानको राजधानी काबुलनजिकैको एक शैक्षिक संस्थालाई लक्ष्य गरेर गरिएको आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको छ ।

अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनलाई लक्षित गरेर भएको सो आत्मघाती आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।शनिबार भएको सो हमलामा परी शनिबार नै २२ जनाको मृत्यु भएको बताइएको थियो । आक्रमणमा परी कम्तीमा पनि ७० जना घाइते भएका बताइएको छ । आइतबार मृतकको संख्या बढेको हो ।

काबुलनजिकैको दश्त–ए–बार्ची क्षेत्रमा सो हमला भएको हो । उक्त क्षेत्रमा शिया मुसलमानको बाक्लो बस्ती रहेको छ । सो स्थानको भवनलाई लक्षित गरी शनिबार आक्रमण भएको थियो ।एकजना आत्मघाती व्यक्तिले सो भवनमा पुगेर आक्रमण गराएको बताइएको छ । ती व्यक्ति आत्मघाती भएको थाहा पाएर सुरक्षाकर्मीहरुले रोक्न खोज्दाखोज्दै विस्फोट गराएको बताइएको छ ।

त्यस आक्रमणको इस्लामिक स्टेटले आक्रमणको जिम्मा लिएको छ । उनीहरुले सामाजिक सन्जालमा एक सन्देश पोष्ट गर्दै सो आत्मघाती विस्फोटको जिम्मा लिएका हुन् ।पछिल्ला केही दिनमा अफगानिस्तानमा हिंसा बढेको छ । अधिकांश आक्रमण तालिबान समूहले गर्ने गरेको छ । तर यो पछिल्लो आक्रमणको भने स्लामिक स्टेटले जिम्मा लिएका छन् ।

मसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच भागको एक भाग बराबर रहेको मानिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!