स्याङ्जा १२ कार्तिक । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेशका अध्यक्ष एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिका सचिव पदम गुरुङ र वालिङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष शुक्रराज गुरुङको पिता टुमबहादुर गुरुङको सोमबार ७९ वर्षको उमेरमा आफ्नै निवास वालिङ नगरपालिका वडा नं. ३ रामबाच्छामा निधन भएको छ ।
पूर्वबेलायती गोर्खा सैनिक गुरुङ लामो समयदेखि सुगर, प्रेसर, मुटु, नसा सम्बन्धी रोग दीर्घ रोगबाट ग्रस्त थिए ।
स्वर्गीय गुरुङको एक श्रीमती, ४ छोरा, २ छोरी र नातानातिना छन् । गुरुङको पार्थिव शरीरलाई मंगलबार गुरुङ संस्कारअनुसार अन्त्येस्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । यस शोकको घडीमा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समिति, गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र तमुस्यो ह्युल छोंज धिं गुरुङ महिला राष्ट्रिय परिषद् कास्की जिल्ला समिति र गोर्खाली रेडियो १०६ मेघाहर्ज पोखराको तर्फबाट शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्दै मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।






