एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङलाई कोरोना

SHARE:

लन्डन कात्तिक १२ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) की अध्यक्ष पुनम गुरुङलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

केही दिनअघि गराएको कोरोना परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अध्यक्ष गुरुङले बुधबार सामाजिक सञ्‍जाल फेसबुकमार्फत जानकारी गराएकी छन् । तर उनले आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको उल्लेख गरेकी छन् । ‘केही दिनअघि गराएको कोरोना परीक्षणमा मेरो रिपोर्ट पोजिटिभ प्राप्त भएको खबर आयो । तर अहिले मेरो स्वास्थ्य अवस्था सामान्य नै छ । भाग्यबस स्वास्थ्यमा कुनै पनि जटिलता भने देखिएको छैन’, उनको स्टाटस्‌मा छ ।

अध्यक्ष गुरुङ घरमै आइसोलेसनमा बसेकी छिन् । उनले हालैका दिनमा आफ्नो प्रत्यक्ष सम्पर्कमा आउने सबै आफन्त एवम् मित्रहरुलाई आवश्यक सतर्कता अपनाउन र कुनै लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन आग्रह गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!