‘तमु धिं नेपाल माछा र कस्तुरी जस्तो बनोस्’

SHARE:

पोखरा, १६ कार्तिक । तमु धिं नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई पल टासिछ्योलिङ (गोपाल गुम्बा)का प्रमुख लामा गोपाल तमु लगायतका लामा गुरुहरुले आशीर्वाद प्रदान गरेका छन् ।

पोखरा १० रामघाट बुद्धशान्ति मार्गस्थित गोपाल गुम्बामा तमु धिं नेपालका आजीवन सदस्य लालसिंह तमुको पितृकार्यमा श्रद्धाञ्जली अर्पणका साथै शोकसन्तप्त परिवारजनलाई समवेदना व्यक्त गर्न नवनिर्वाचित पदाधिकारीहरु सहभागी हुने क्रममा गुम्बाको तर्फबाट स्वागतका आशीर्वाद प्रदान गरिएको हो ।

बौद्ध लामा विधि अनुसार गुम्बाका लामा गुरुहरुले आशीर्वचन मन्त्र पाठ, ग्रहशान्तिका साथै पल टासिछ्योलिङ(गोपाल गुम्बा) का प्रमुख लामा गोपाल तमुले खादा लगाइदिनुहुदै आशीर्वाद प्रदान गरेका हुन् ।

प्रमुख लामा गोपाल तमुले सकरात्मक सोंचका साथ सबैको नेतृत्व, सधै स्वच्छ र भोलि पनि सुवासिलो होओस भन्ने भन्ने आशीर्वाद प्रदान गरेका थिए । उनले कार्यकालमा माछा र कार्यकाल समापन पछि कस्तुरी बनोस् भन्ने उनको आशीर्वाद थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!