पोखरा, २३ कार्तिक । कोभिड १९ कोरोना भाईरसको संक्रमण पोखरामा तिब्र भइरहेको बेला वरिष्ठ फिजियोथेरोपिस्ट डा.खड्गसिंह गुरुङलाई कोरोना संक्रमण भएको छ । पोखराको हरियोखर्क अस्पताल र फिस्टेल हस्पिटलमा कार्यरत डा.गुरुङले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी गराएका हुन् ।
तमु धिं नेपालका संस्थापक सदस्य समेत रहेका डा.गुरुङले आफुलाई केही दिन अघिदेखि रुघा र ज्वरो आएपछि होम आइसोलेसनमा बसेको तर कम नभएपछि पिसीआर जाँच गर्दा शनिबार रिपोर्ट पोजिटिभ आएको बताए ।
वरिष्ठ फिजियोथेरोपिस्ट डा.खड्गसिंह गुरुङले आफु फ्रन्ट लाइनरको रुपमा सेवारत रहेकाले केही दिन अघिदेखि आफ्नो रहेकाहरुलाई पिसीआर जाँच गर्न र सतर्कता अपनाउन आग्रह गरेका छन् । शुक्रबारसम्म होम आइसोलेसनमा बसेको र शुक्रबारदेखि आफू फिस्टेल हस्पिटलको आईसोलेसन कक्षमा बसिरहेको उनले जानकारी दिए ।







