पूर्वसांसद वीरबहादुर लामाको निधन

SHARE:

काठमाडौं कात्तिक २३ । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ ।

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको आइतबार निधन भएको मकवानपुरका इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए । उनी विगत दुई वर्षदेखि मधुमेह र उच्चरक्तचाप रोगले गर्दा दुवै मिर्गौला काम नलाग्ने भएपछि उपचारका लागि स्वास्थ्य प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

सांसद लामा २०५६ सालको संसदीय निर्वाचनमा मकवानपुर क्षेत्र नं ३ बाट र २०६४ सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । उनी २०४९ सालमा मकवानपुर जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

तत्कालीन नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहेका लामा २०३३ सालमा नख्खु जेल विद्रोह (बे्रक) गरेर बाहिर निस्की जनसमुदायमा राजनीतिक र सामाजिक परिवर्तनका निम्ति भूमिगत रुपमा भूमिका निभाएको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष लामाले बताए । नुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!