सबिन्द्र कुमार गुरुङ कात्तिक २४ । पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आले पुन: निर्वाचित भएका छन् । नोभेम्बर ८ आइतबार जुममा सम्पन्न भएको ८ औं अधिवेशन तथा साधारणसभाले आलेको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समिति वरिस्ठ उपाध्यक्षमा विनोद पुरी, उपाध्यक्षमा अप्सरा गुरुङ र सुरज पौडेल, महासचिवमा प्रकाश न्यौपाने, सचिवमा सरोज केसी र भिमलाल भट्टराई, कोषाध्यक्षमा कुलराज गुरुङ, सह–कोषाध्यक्षमा यम थापा र सन्जय भण्डारी रहेका छन् । त्यस्तै सदस्यहरुमा भिम पुर्जा, नारायण गिरी, राजकुमार गुरुङ (बाबु), होमविक्रम मल्ल, प्रकाश पुन, पार्वती थापा, पार्वती पुन, ध्रुव दत्त, कल्पना गुरुङ, शोभा थापा, चन्दन गुरुङ, शान्ता गुरुङ र लिडिया गुरुङ चयन भएका छन् । नवनिर्बाचित कार्यसमितिलाई निर्वाचन प्रमुख एवम् संस्थापक अध्यक्ष हित काजी गुरुङले शपथग्रहण गराएका थिए ।
अध्यक्ष नेत्र आलेको अध्यक्षता सम्पन्न अधिबेशनमा सल्लाहकार एवम् संस्थापक अध्यक्ष हित काजी गुरुङ, सल्लाहकार एवम् अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, सल्लाहकार एवम् निवर्तमान अध्यक्ष दधि आचार्य, सल्लाहकारहरु ज्ञाम गुरुङ, मेजर कृष्ण गुरुङ, कुल आचार्य, थर्क राना, धनबहादुर थापा, हरि गुरुङ, कुसाङ गुरुङ र युवन गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा निबर्तमान महासचिवमा भरत पौड्यालले संस्थाले २ वर्षमा गरेका कार्यहरुको जानकारी गराएका थिए भने निवर्तमान कोषाध्यक्ष सुरज पौडेलले २ वर्षको आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा पर्वत वेलफेर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेले संस्थाले हालसम्म गरेका सामजिक कार्यमाथि प्रकाश पार्दै दुई वर्षे कार्यकालमा सहयोग गर्ने कार्यसमिति सदस्य, सल्लाहकार एवम् सम्पूर्ण बेलायतवासी पर्वते दाजुभाइ, दिदीबहिनी एवम् संघसंस्थालाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा स्वागत निर्वतमान उपाध्याक्ष एक पुन र कार्यक्रम संचालन महासचिव भरत पौडेलले गरेका थिए ।






