
काठमाडौं कात्तिक २५ । पछिल्लो २४ घन्टामा दुई हजार सात ३६ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ६९० जनाको पिसिआर परीक्षण गर्दा एक हजार ५९ महिला र एक हजार ६७७ पुरुषमा सङ्क्रमण देखिएको हो ।
नयाँ सङ्क्रमितसंगै नेपालमा अहिलेसम्म एक लाख ९९ हजार ७६० जना पुगेको छ । तीमध्ये ३४ प्रतिशत अर्थात ६६ हजार ९४५ जना महिला र ६६ प्रतिशत अर्थात एक लाख ३२ हजार ८१५ जना पुरुष रहेका छन् ।
अहिलेसम्म सक्रिय सङ्क्रमित ३८ हजार ३५ जना रहेका छन् ।
निको हुने दर असी प्रतिशत
मंगलबारको सो विवरणमा आठ सय ५३ जना सङ्क्रमणबाट निको भइ घर फर्किसकेका छन ।् अहिलेसम्म एक लाख ६० हजार ५७७ जना निको भइर घर फर्किका छन । नेपालमा निको हुने दर ८० प्रतिशत रहेको छ ।
२२ जनाको निधन
यस्तै मंगलबार २२ जनाको सङ्क्रमणबाट निधन भएको छ । अहिलेसम्म एक हजार १४८ जनाको सङ्क्रमणबाट निधन भइसकेका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमितमध्ये मृत्यु दर ०.६ प्रतिशत रहेको छ । प्रति दश लाखमा ३९.३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी सङ्क्रमितमध्ये ४०४ जना सघन उपचार कक्ष (आइसियु) र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।






