काठमाडौं कात्तिक २५ । क्यान्सर पीडित इन्द्रकुमारी नेम्वाङको स्वास्थ्य उपचारका लागि देश-विदेशबाट संकलित ८ लाख ३१ हजार रुपैयाँ मंगलबार हस्तान्तरण गरिएको छ । उक्त रकम बेलायतबाट पुनम नेम्वाङ र नेपालमा भूपेन्द्र वनेमको संयोजनमा बेलायत, हङकङ, कोरिया, मलेसिया, नेपालमा रहेका आफन्तजन, इस्टमित्र, साथीभाइहरुबाट फेसबुक मेसेन्जर सामाजिक सञ्जालको माध्यमबाट संकलन गरेका हुन् ।
पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं १ स्याथी घर भएकी इन्द्रकुमारी नेम्वाङ्गको श्रीमान् प्रेमराज आङदेम्बे आजभन्दा ७ वर्षअगाडि वैदेशिक रोजगारका लागि साउदी अरब गएको ६ महिना नबित्दै सुतेको सुत्यै भएर मृत्यु भयो । उनकी ११ वर्षका छोरा र ८ वर्षकी छोरी छन् । घरासयी आर्थिक अवस्था पनि अति कमजोर भएको आफ्ना नाबालक सन्तान हुर्काउने क्रममा इन्द्रकुमारी विगत २ वर्षअघिदेखि ब्लड क्यान्सरबाट पीडित भई उपचाररकै क्रममा अहिलेको बोन्म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने, ट्रान्सप्लान्डको लागि १५ लाख लाग्ने अस्पतालले जनाएपछी पुनम वनेम नेम्वाङ र भूपेन्द्र वनेमले आर्थिक सहयोग संकलन अभियान चलाएको हो ।
अभियान गत १ अक्टोबरभरि एक महिनाको अवधि मा ८ लाख ३१ हजार संकलन गर्न सफल भए । उक्त संक्लित रकम मंगलबार स्वयम् बिरामी इन्द्रकुमारी नेम्वाङ्गको निजी निवास काठमाडौंमा गई नेपालका लागि अभियन्ता भूपेन्द्र नेम्वाङद्वारा ८ लाख ३१ हजार रुपैयाँ बिरामी इन्द्रकुमारी नेम्वाङलाई हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण कार्यक्रममा Dio Media का सञ्चारकर्मी दिपक राईले फेसबुकमार्फत् फेसबुक लाइभ प्रसार गरेर सार्वजनिक गरेका थिए कार्यक्रममा मातृका नेम्वाङ, नरेश वनेमको उपस्थिति रहेको थियो ।
सञ्चारकर्मी राईले सम्पूर्ण सहयोगदाताहरुको नाम पढेर सुनाउनु भएको थियो भने अभियन्ता भूपेन्द्र वनेम, सहयोगीद्वय मातृका नेम्वाङ र नरेश वनेमले सबै सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
क्यान्सर पीडित इन्द्रकुमारी नेम्वाङले पनि सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवादसहित हार्दिक आभार प्रकट गरेका थिए ।
बेलायतबाट पुनम वनेम नेम्वाङले फेसबुकमार्फत सबै सहयोगदाताहरुको नामावली सार्वजनिक गर्दै धन्यवाद प्रकट गरेका छन् ।






