ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको माग

SHARE:

काठमाडौं मंसिर ५ । भूतपूर्व ब्रिटिस गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् ।

देशका अन्य नागरिकहरुले पाएजस्तै आफूहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गर्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेल समक्ष ज्ञापन पत्र बुझाएका हुन् । भारत, बेलायत र सिंगापुर लगायतका देशमा आफ्नो आधा जीवन विताएर देशको अर्थतन्त्र उकास्न गरेको योगदानको सम्मान गर्नुपर्ने उनीहरुको भनाइ छ ।

ब्रिटिस गोर्खाहरुले गरेको योगदानको अपमान हुने गरी सामाजिक सुरक्षा भत्ता कटौती गरी अरुलाई जस्तो दोहोरो सुविधा लिएको भन्नु गलत भएको भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका सचिव पुष्पा राणा घलेले बताइन् । उनीहरुसँगको भेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजिक सुरक्षा भत्ता पाउने अधिकार सबै नागरिकको भएको बताए । अन्य किसिमको सरकारी सुविधा पाउने व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्थाका कारण ब्रिटिश गोर्खाहरुको समेत भत्ता कटौति भएकोप्रति सरकारको ध्यानाकर्षण भएको पनि अर्थमन्त्री पौडेलले बताए । अव कहिले पनि ज्ञापन पत्र बोकेर सरकारको ढोका ढकढक्याउनुपर्ने अथवा सडकमा जानुपर्ने अवस्था नआउनेगरी समस्याको समाधान गरिने प्रतिवद्धता समेत अर्थमन्त्री पौडेलले व्यक्त गरे ।

सरकारले गत असार १७ गते दोहोरो सेवा सुविधा लिइरहेकाहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको थियो । यो निर्णयबाट भूपु गोर्खा सैनिकहरुले समेत पाउँदै आएको समाजिक सुरक्षा भत्ता कटौति भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!