बीबीसीले प्रकाशित १०० महिलाको सूचीमा नेपालकी सपना मगर

SHARE:

लन्डन मंसिर ९ । बेलायती सञ्चारमाध्यम बीबीसीले १०० महिला कार्यक्रम शृङ्खलाअन्तर्गत प्रकाशित गर्ने प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् । बीबीसीले सन् २०१३ देखि प्रत्येक वर्ष यस्तो सूची प्रकाशित गर्दै आएको छ ।

म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सय बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् । सडकमै अलपत्र अवस्थामा परेका शव अस्पताल लगेर पोस्टमर्टम गर्नेदेखि पशुपति आर्यघाट लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा सपना निरन्तर खट्दै आएकी छिन् ।

यस्तै बेवारिसे शव व्यवस्थापनमा लामो समयदेखि खटिरहेका विनयजंग बस्नेतसँग मिलेर उनले काम गरिरहेकी छिन् । जसलाई उनी कर्मबुवा पनि मान्छिन् । सपनासँगै यस वर्ष बीबीसीले प्रकाशित गरेको १०० महिलाको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, बेलायती वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङ फाङलगायतका विभिन्न क्षेत्रमा सक्रिय व्यक्ति रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!