नेपालमा कोरोना अपडेट : २४ घण्टामा १९४८ जनामा संक्रमण, ३१४० कोरोनामुक्त, २८ को मृत्यु

SHARE:

काठमाडौं मंसिर १० । पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ९० हजार ५०९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार २१० पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १६ हजार ६३९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६६९ जना रहेका छन् ।

३ हजार १४० कोरोनामुक्त, २८ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ७ हजार ९९८ पुगेको छ ।

त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!