लन्डन मंसिर २० । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) एकेन्द्र गुरुङको नेतृत्वमा विधान समिति बनाएको छ ।
नेफिन यूकेको चौथो अधिवेशन नजिकिँदै गर्दा तीन सदस्यीय विधान समिति गठन गरिएको हो । नेफिन यूकेले २९ नोभेम्बरमा निकालेको सूचना अनुसार संयोजकमा सल्लाहकारहरु एकेन्द्र गुरुङ, सदस्य सचिवमा उत्तरमान तिगेला र सदस्य डा. सुमाया राई रहेका छन् ।
नेफिन यूकेले जुलाई १२ मा बसेको संघीय परिषद्को निर्णयअनुरुप विधान समिति बनाएको हो । समितिले विधानको प्रस्तावित मस्यौया तयार गरेर कार्यसमितिलाई बुझाएपछि मार्च महिनामा महासंघमा आबद्ध १० वटै जातीय संस्थाहरु सम्मिलित विधानसभा बस्ने योजना रहेको सूचनामा उल्लेख गरिएको छ ।
वर्तमान कार्यसमितिको अवधि आगामी मार्चमा पूरा हुने छ। तर कोभिड–१९ को महामारी र अपनाउनु पर्ने सामाजिक दुरीका कारण छ महिना पर सर्ने सम्भावना रहेको जानकारी गराइएको छ ।


