बेलायतमा टि डब्लू वारियरले उचाल्यो १७औँ यलम्बरहाङ कप

SHARE:

  • नगेन्द्रराज नेम्वाङ

लन्डन । बेलायतमा १७औँ यलम्बरहाङ कप टि डब्लू वारियरले जितेको छ ।

किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा शनिबार १८ अप्रिलमा याल्डिङ मेडेस्टोन केन्ट केवाईसी यूके चुम्लुङदेनमा भएको प्रतियोगितामा वाटरमेलोन एफसीलाई १-० गोलले पराजित गर्दै टि डब्लु वारियरले यलम्बरहाङ कप उचालेको हो । विजेता टि डब्लू वारियरले नगद १६ सय पाउन्ड, इन्डिभिजल ट्रफीसहित यलम्बरहाङ कप पुरस्कार प्राप्त गर्‍यो ।

मेन टीमबाट उत्कृस्ट खेलाडी अशिक तुम्बापो घोषित भए भने विजय पुनले अत्यधिक गोल गरी ट्रफी जितेका थिए ।

प्रतियोगितामा सुपर भेट्रान, भेट्रान र मेन टीम गरी तीन विधामा खेलाइएको थियो । सुपर भेट्रान समूहमा डीएफसी यूकेले विजय हासिल गर्‍यो भने इन्टेक २००० उपविजेता बने । उक्त समूहतर्फ उत्कृष्ट खेलाडी सन्तोष सुब्बा छानिए भने सुरज गुरुङले अत्यधिक गोल गरेका थिए ।

भेट्रान समूहमा टिटबुल एफसीले जित हासिल गरेकोमा खाम्लालुङ एफसी उपविजेता बने । खिम जर्सी नम्बर २ उत्कृष्ट खेलाडी बनेका थिए भने अतिश लिम्बुले अत्यधिक गोल गरी ट्रफी जित्न सफल भएका थिए । उपाध्यक्ष दिपेन्द्र याक्सोका अनुसार प्रतियोगितामा १८ टीमले भाग लिएका थिए ।

 

प्रतियोगिताका प्रमुख अतिथि मुन्धुम विद्, भाषाविद् तथा इतिहासकार येहाङ लावती रहेका थिए । अन्य अतिथिहरूमा किरात राई यायोक्खाका अध्यक्ष दिलकुमार राई,सेवारो कलाकार संघ यूकेकी अध्यक्ष इन्द्र पङ्धाक लिम्बु, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु धीं यूकेकी आमा समूह अध्यक्ष कमला देवी गुरुङ, थामेन्दिङमा चुम्लुङ यूकेकी अध्यक्ष मनमाया नेम्बाङ, वेन्सा चुम्भो अध्यक्ष हाङमा लावती,संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेकी अध्यक्ष शर्मिला याक्सो हुक्पा चोङ्बाङलगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि इतिहासकार येहाङ लावतीले मन्तव्यको क्रममा सात समुन्द्रपार रहेर पनि आफ्नो पहिचान कायम राख्नका लागि यलम्बरहाङ कप प्रतियोगिता सञ्चालन गरेकोमा आयोजकलाई बधाई दिए। उनले यलम्बरहाङ नेपालको प्रथम राष्ट्र निर्माता भएको र अन्य धर्मग्रन्थहरूमा प्रशस्त उल्लेख भएको बताउँदै किरात समुदायले नेपालमा लामो शासन गरेको इतिहासलाई प्रष्ट्याएका थिए।

अध्यक्ष कमला सेन्दाङ लिम्बु र खेल संयोजक राजन लाबुङ लिम्बुले अथितिलगायत प्रतियोगितालाई सफल बनाउन विभिन्न क्षेत्रबाट आर्थिक, बौद्धिक सहयोग गर्ने, आयोजक कार्यसमिति, ट्रफी प्रायोजक, खेलाडी तथा दर्शकहरूलाई धन्यवाद दिँदै विजेता टीमहरुलाइ हार्दिक बधाइ प्रकट गरे । आगामी वर्षहरूमा पनि यस्तै उपस्थितिको अपेक्षा गर्दै उनीहरुले प्रतियोगिता सफल भएको बताएका थिए ।

कमला लिम्बुको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको औपचारिक कार्यक्रम महासचिव महेश वनेम, उपाध्यक्ष दिपेन्द्र याक्सो,कोषाध्यक्ष खगेन्द्र लावतीले सञ्चालन गरेका थिए । उपाध्यक्ष सानु सुब्बा, सचिव शकुन्तला नेम्बाङ, थामेन्दिङमा चुम्लुङ यूकेकी अध्यक्ष मनमाया नेम्बाङलगायत अथिति सत्कार सम्मानमा खटिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!