तमु धिं नेपालमा १० केन्द्रीय सदस्य मनोनित

SHARE:

तमु धिं नेपालमा १० केन्द्रीय सदस्य मनोनित
पोखरा, २५ मंसिर । तमु जातिको पुरानो सामाजिक संस्था तमु धिं नेपालको केन्द्रीय समितिले पुर्णता पाएको छ । विधानअनुसार समाज, आवद्ध संस्थाहरुको सिफारिस मध्ये १० जना मनोनित गरेपश्चात् तमु धिंको कार्यसमितिले पूर्णता पाएको हो ।

तमु धिं नेपालको पदाधिकारी बैठकले केन्द्रिय सदस्यमा तनहु तमु समाजका गोपाल गुरुङ, खिलाङ गुरुङ समाजका कौशिला गुरुङ, चारभञ्ज्याङ तमु समाजका कृष्णकुमार गुरुङ, तमु सहयोग समिति पार्दीका शशीकुमार गुरुङ, ताङतिङ दुधपोखरी तमु समाजकी शान्ति गुरुङ, तमु साँस्कृतिक समितिका सुरेन्द्र गुरुङ, बगालेटोल तमु समाजका प्रेमबहादुर गुरुङ, तमु सेवा समिति नयाँबजारकी बालकुमारी गुरुङ, महिलाहरुबाट चारभञ्ज्याङ तमु समाजकी बिना गुरुङ र तमु साँस्कृतिक प्रतिष्ठान नेपालका तर्फबाट सिफारिस गरिएका श्रीजङ गुरुङलाई मनोनयन गरिएको महासचिव जुनाकुमारी गुरुङले जानकारी दिए। तमु साँस्कृतिक प्रतिष्ठानलाई हरेक कार्यसमितिमा एक जना प्रतिनीधि सिफारिस गर्न पाउने तमु धिं नेपालले व्यवस्था नै गरेको छ ।

तमु धिं नेपालको बिधान अनुसार पदाधिकारी पहिलो चरणमा प्रत्यक्ष निर्वाचित र सदस्यहरु समाजहरुको सिफारिस गरिएका मध्ये मनोनयन गरिन्छ। मनोनयन गर्दा तमु धिं नेपालको आजिवन सदस्य भएको, तमु धिं नेपालको विधानलाई आत्मसाथ गर्दै विगतदेखि क्रियाशिल रहेको, आगामी दिनमा थप क्रियाशील रहने र लिंग, क्षेत्र लगायतलाई विशेष ध्यान दिदै आएको अध्यक्ष हुमबहादुर गुरुङले बताए।उनका अनुसार सिफारिस भई आएका अन्यलाई समुदायको सेवाका लागि उचित विभिन्न विभागिय जिम्मेवारी दिने बताए ।

तमु धिंको उद्देश्य प्राप्तिका निम्ती जिम्मेवारी र टिमस्पिरिटका साथ तमु समुदाय, समाज र राष्ट्रकै हितका लागि तमु धिं नेपालको कार्यसमिति जुट्ने उनको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!