गण्डकीमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

SHARE:

कास्की मंसिर २७ । गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिएका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङका बीच शुक्रबार वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । सीमित निम्तालुहरुको उपस्थितिमा दुवै जनाबीच पोखरामा बौद्ध परम्परानुसार विवाह कार्यक्रम आयोजना गरिएको थियो ।
नवविवाहित जोडीलार्ई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, आार्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले बधाई तथा वैवाहिक जीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष गुरुङले आफूहरुबीच डेढ दशक अघिदेखि चिनजान रहेको र अहिले पारिवारिक सहमतिमा विवाह बन्धनमा बाँधिएको बताए । दुवै तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका थिए । गाउँपालिकामा निर्वाचित हुनुअघि अध्यक्ष गुरुङ राजनीतिसँगै पर्यटन क्षेत्रमा आवद्ध थिए भने उपाध्यक्ष गुरुङ गैरसरकारी क्षेत्रमा कार्यरत रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!