स्टार्स स्टुडियोको एकल नृत्य प्रतियोगिताको सन राउण्डमा ५० जना छानिए

SHARE:

हुम तमु
पोखरा २७ मंसिर । स्टार्स स्टुडियो प्रालिद्धारा आयोजित स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ को सन राउण्डमा ५० प्रतिष्पर्धी प्रवेश गरेका छन् ।
नेपाली मौलिक लोक सँस्कृति र साँस्कृतिक नृत्यहरुको संरक्षण एवम प्रर्बद्धनमा क्रियाशील पोखरा न्युरोडस्थित स्टार्स स्टुडियो प्रालि.ले आफ्नो चौथो वार्षिकोत्सवमा नृत्य कला, प्रतिभा भएका कलाकारहरुलाई अवसर प्रदान गर्न आयोजित प्रतियोगिताको शनिवार सार्वजनिक नतिजाअनुसार प्रतिष्पर्धीहरु सन राउण्डमा प्रवेश गरेका हुन् । यसअघि अर्थ राउण्ड अर्थात पहिलो अडिशनमा ४९८ बाट मुन राउण्डमा १५३ छानिएका थिएन भने मुन राउण्डबाट सन राउण्डमा ५० जना छानिएका हुन् ।

सन राउण्डमा प्रवेश गर्नेहरुमा आतिष जैरौ(इलाम), आयुषा तामाङ(काठमाण्डौ), एञ्जल परियार(काठमाडौं), अमृत सुनार(पोखरा), अश्मी गुरुङ(तनहुँ), अञ्जना गुरुङ(लेखनाथ), बन्दना घर्ती(बाग्लुङ), विपिका अधिकारी(काठमाडौं), चाहाना रानामगर(काठमाडौं), चित्रकला तामाङ(इटहरी), देरिक्षा छन्त्याल(भक्तपुर), दिपीका कुवर(रुपन्देही), दिक्षा भुजेल(इलाम), डोमा तामाङ(धनकुटा), दुर्गा रानामगर(नेपालगञ्ज), जस्मिन गुरुङ(पोखरा), झरना सुनार(नेपालगञ्ज), करिश्ता राई(धरान), कृषा जिसी(पोखरा) रहेका छन् ।

यसरी नै कृतिका मगर(काठमाडौ), मलिसा थापामगर(बुटवल), मनध्वज तामाङ(बनेपा), मोनिका गुरुङ(लमजुङ), नजुमा लिम्बु (धनकुटा), नेशन सुस्लिङ मगर(महोत्तरी), ओशिका गुरुङ (पोखरा), परिक्षा ताम्सुहाङ (झापा), प्रिती गुरुङ(पोखरा),पुर्णिमा शाह(काठमाडौ), रबिना लामा(काठमाडौं), रिमा गुरुङ(पोखरा), रेशम गुरुङ(लमजुङ), रितु भट्टराई(लमजुङ), रोशनी गुरुङ(बुटवल), रुपक ठकुरी(काठमाडौं), सावित्री रानामगर(सिर्जना बहिरा स्कुल), सलिना अधिकारी(इलाम) रहेको स्टार्स स्टुडियोका सञ्चालक जस्सु गुरुङले जानकारी दिइन् ।

यस्तै गरी सन राउण्डमा प्रवेश पाएकाहरुमा सन्जना राना मगर(स्याङ्जा), सरिता मगर(लेखनाथ), सुदन खड्का(काठमाडौं), सृष्टि अधिकारी(भारत),सुजिमा गुरुङ(पोखरा), सुनिल तामाङ(पोखरा), सुसिल गुरुङ(बनेपा), शुष्मा घर्तीमगर(काठमाडौं), उर्मिला लामा(काठमाडौं), ट्रस्मी गर्बुजा मगर(जापान), उमा गुरुङ(पोखरा) र विवेक थापा(पोखरा) ७५ प्रतिशत निर्णायक र २५ प्रतिशत भोटिङका आधारमा अर्को चरण प्रवेश गरेको आयोजकले जनाएको छ।

आगामी प्रतिस्पर्धाका लागि पुस ११ गतेभित्र साढे दुई मिनटको लेण्डस्केपमा खिचिएको अर्को भिडियो पठाउन प्रतिस्पर्धीहरुलाई स्टार्स स्टुडियोकी सञ्चालक जस्सु गुरुङले आग्रह गरेकीछिन्। उक्त राउण्डमा भने ६० प्रतिशत निर्णायक र ४० प्रतिशत फेसबुक भोटिङको आधारमा निर्णय हुने बताइएको छ ।

यसैबीच प्रथम पुरस्कार ५० हजार रुपैया युके निवासी समाजसेवीहरु एकेन्द्र गुरुङ, भिम गुरुङ, हितकाजी गुरुङ, जुमकाजी गुरुङ, रामचन्द्र(सुर्य) गुरुङ, मिलन गुरुङ, भोज गुरुङ र ज्ञाम गुरुङले, द्धितिय पुरस्कार २५ हजार रुपैया युकेमै कार्यरत समाजसेवीहरु पार्वती गुरुङ र माया गुरुङले, यस्तै गरी तृतिय पुरस्कार पोखराका सरोज शाक्यले प्रायोजन गरेको गुरुङले जानकारी दिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!