तमु फोरम यूकेको वार्षिक बैठक सम्पन्न

SHARE:

लन्डन मंसिर २९ । तमु फोरम यूकेले त्रिभाषीय पुस्तक निकाल्ने क्रममा तमु सांस्कृतिक, धार्मिक, सामाजिकविद् तथा सामाजिक अभियन्ताहरुबीच वार्षिक बैठक सम्पन्न गरेको छ । मिटिङको प्रमुख आतिथ्य संस्थाका संरक्षक प्राज्ञा डा जगमान गुरुङ तथा फोरमका अध्यक्षता मेजर रि. लालबहादुर गुरुङले गरेका थिए । तमु फोरमका बारेमा फोरम निर्देशक क्या रि राजु गुरुङ तथा भाषिक किताबका लेखकहरु सुमलकुमार गुरुङ, एकेन्द्र गुरुङ, डा टेकबहादुर गुरुङ, डा योगेन्द्र गुरुङ, बोर्ड अफ काउन्सिल चेयरमेन लालबहादुर गुरुङ, लामा गंगाबहादुर गुरुङले आफ्नो विचार व्यक्त गरेका थिए । त्यस्तै गरी विशेष अतिथिमा गुरुङ संस्था र एनआरएनए यूकेका अध्यक्ष लगायतले पनि आफ्ना मन्तव्य तथा शुभकामना दिएका थिए ।

नन्दजंग गुरुङ अध्यक्ष तमुधिं यूके, खुसीमान गुरुङ अध्यक्ष तमु प्ये ल्हु संघ यूके, पुनम गुरुङ, अध्यक्ष एनआरएनए यूके, हितकाजी तमु, तमु ह्युल संघ नेपाल, हुमबहादुर गुरुङ तमुधिं नेपाल र रेशम गुरुङ अध्यक्ष तमु ह्युल छोंज धिं राष्ट्रिय परिषद् नेपाल थिए ।

कार्यक्रम जुम प्रविधिद्वारा गरिएको थियो र करिब ३०० जनाले विभ्नेन देशबाट सहभागीता जनाएका थिए । कार्यक्रमलाई सम्पन्न गर्न मान गुरुङ र एसके गुरुङले जुम सञ्चालन गरेका थिए । अनिता गुरुङ र हरि गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!